८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपाल भित्रँदै गरेकाहरुको कोरोना परिक्षण गर्दागर्दै नाकाका स्वास्थ्य कर्मचारीलाई नै कोरोना संक्रमण



नेपालगन्ज । भारतबाट आएका शंकास्पद कोरोना संक्रमितको एन्टिजेन परिक्षण गर्ने ल्याव टेक्निसियन र स्वास्थ्यकर्मीहरुलाई नै धमाधम् कोरोना संक्रमण पुष्टि हुन थालेको छ । रुपन्दहीको बेलहिया नाकामा कार्यरत २ जना ल्याव टेक्निसियनलाई कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट बाँकेका जमुनाहा नाकामा कोरोना परिक्षणमा कार्यरत १ जना ल्यावका कर्मचारी सहित ७ जनालाई एकै दिनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सीामानाकामा एन्जिेन परिक्षणमा खटिएका ल्यावका कर्मचारी श्रीराम आचार्यलाई सुरुमा कोरोना संक्रमण देखिएसँगै २ जना पारामेडिसीन (अहेव) रामहादुर शाही र हेमन्त राना तथा कार्यालय सहयोगी बुद्धिराम चौधरी र थप ३ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सीमानाकामा खटिएका स्वास्थ्य कर्मचारीलाई संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका ल्यावका कर्मचारीलाई सीमामा खटाइएको छ । भारतबाट नेपाल फर्किरहेका ३९६ जना नेपालीको एन्टिजेन परिक्षण गर्दा आज पनि ३७ जनामा कोरोना संक्रमण पसष्टि भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए । वलीका अनुसार बाँकेका बिभिन्न ल्यावमा भएकाे स्वाव परिक्षणमा १३ जना बाँकेका र २ जना जिल्ला बाहिरका नागरिकमा संत्रफमण पुष्टी भएकाे छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : १० बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन