१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कन्दमुलमा समेत नेपाल परनिर्भर



काठमाडौं । नेपालीहरूको विशिष्ट पर्व माघेसंक्रान्तिमा उसिनेर खाइने तरुल र विभिन्न प्रकारका कन्दमुलमा पनि नेपाल परनिर्भर रहेको देखिएको छ । माघेसंक्रान्तिका अवसरमा ठूलो मात्रामा कारोबार हुने कन्दमुलमा नेपाल भारतमा निर्भर रहनुपरेको हो ।

माघेसंक्रान्तिलाई लक्षित गरेर व्यापारीहरूले भारतबाट कन्दमुल आयात गरेर बिक्रीवितरण गर्दै आएका छन् । त्यसो त माघेसंक्रान्तिमा खाइने कन्दमुल स्वदेशमा उत्पादन नहुने होइन । पछिल्लो समय कतिपय नेपाली कृषकले तरुल व्यवसायी खेतीका रूपमा समेत गर्ने गरेका छन् । माघेसंक्रान्तिलाई स्वदेशकै उत्पादनले पर्याप्त हुने केही व्यापारीले दाबी गरे पनि भारतबाट समेत ल्याइने गरिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २८ पुसको तथ्यांकअनुसार माघेसंक्रान्तिमा खाइने १० प्रतिशत तरुल भारतबाट आयात भएको छ । यस्तै, सखरखण्ड ५५ प्रतिशत आयात भएको छ ।

कालीमाटी फलफूल तरकारी बजारमा विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले माघेसंक्रान्तिका लागि स्वदेशी उत्पादन तरुल नै पर्याप्त हुँदाहुँदै पनि १० प्रतिशत तरुल भारतबाट आयात भएको बताए ।

सखरखण्ड स्वदेशमा धेरै उत्पादन नहुने हुँदा ५५ प्रतिशत बढी भारतबाट नै आयात हुने गरेको उनले बताए । माघेसंक्रान्तिमा सखरखण्डभन्दा धेरै व्यापार तरुलको हुन्छ ।

सूचना अधिकारी श्रेष्ठले भने, ‘तरुलमा आत्मनिर्भर नै नभए पनि माघेसंक्रान्तिलाई पुग्ने पछिल्लो समय स्वदेशकै उत्पादन छ । तरुल नभई नहुने वस्तु नभएकाले आयात गरेर खानैपर्छ भन्ने छैन । तर, व्यापारीले व्यापार गर्न भारतबाट आयात गर्ने गरेको पाइएको छ ।’

गत वर्ष माघेसंक्रान्ति भारतबाट तरुल खासै आयात भएको थिएन । यो वर्ष भने १० प्रतिशत आयात भएको छ । खानलाई आयातीत तरुलभन्दा स्वदेशी उत्पादन नै राम्रो हुन्छ ।

भारतबाट आयात गर्दा पनि नेपाली बजारको माग आपूर्ति गर्न स्वदेशी उत्पादन नै पर्याप्त भएको उनको भनाइ छ । श्रेष्ठका अनुसार २८ पुससम्ममा भारतबाट ६५ हजार ३ सय १४ किलो तरुल र ७५ हजार ८ सय ६० किलो सखरखण्ड आयात भएको छ ।

कालिमाटी बजारमा सबैभन्दा धेरै सर्लाही र सुनसरीको तरुल र सखरखण्डको व्यापार देखिन्छ । कालिमाटी बजारमा आउने तरुलमध्ये ४६ प्रतिशत सर्लाहीको र १९ प्रतिशत सनुसरीको छ ।

यसैगरी, धादिङबाट ७ दशमलव शून्य २ प्रतिशत, चितवनबाट १ दशमलव ५ प्रतिशत नवलपरासीबाट शून्य दशमलव ९७, मकवानपुरबाट १ दशमलव ६२, काभ्रेबाट शून्य दशमलव ४४, झापाबाट ३ दशमलव १४, तनहुँबाट १ दशमलव २७ र गोरखाबाट शून्य दशमलव ४४ प्रतिशत तरुल आएको छ । श्रेष्ठले बजारमा तरुलका प्रकार हेरेर प्रतिकिलो ६० देखि २ सय ५० रुपैयाँसम्म बिक्री भएको बताए ।

पछिल्लो केही वर्षदेखि माघेसंक्रान्तिका लागि भारतबाट तरुल आयात गर्नु नपरेको कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष गीताप्रसाद आचार्यको दाबी छ । उनले स्वदेशमै उत्पादन भएको तरुलले बजारको माग धानेको जानकारी दिए ।

‘पछिल्लो समय विभिन्न जिल्लाका कृषकले तरुल खेती गर्ने गरेका छन्,’ अध्यक्ष आचार्यले भने, ‘स्वदेशमै तरुल खेती हुन थालेपछि माघेसंक्रान्तिका लागि भारतबाट तरुल आयात गर्नुपर्दैन । स्वदेशी उत्पादन नै पर्याप्त छ ।’

५-६ वर्षअघिसम्म माघेसंक्रान्तिका लागि भारतबाट तरुल आएको हुने गरेको भए पनि हाल स्वदेशी उत्पादन नै पर्याप्त हुने उनको भनाइ छ ।आजको राजधानी दैनिकमा कौशिला कुँवरले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ७ : ५२ बजे

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका