७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

माघे संक्रान्ति सांस्कृतिक विविधताको उदाहरण : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकाेटाले माघी र माघे संक्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उदाहरण समेत रहेकाे बताएका छन् ।

‘विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यताहरु हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन्,’ सापकाेटाले शुभकामना सन्देशमा भनेका छन् ।

सभामुख सापकाेटाले कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा रहेकोले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन पनि अपिल गरेका छन् ।

थारु समुदायले यस पर्वलाई ‘माघी’ का रुपमा मनाउँछन् । थारुहरुको यो नयाँ वर्ष आरम्भ पनि हो ।

मगर समुदाय लगायतले यस पर्वलाई माघे संक्रान्ति (मकर संक्रान्ति) का रुपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्न भिन्न भेग र समुदायमा फरक ढंगले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ । यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुल लगायतका विभिन्न परिकार खाने दिनका रुपमा पनि लिइन्छ ।

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : ५६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल