३ आश्विन २०८३, शनिबार | September 19, 2026

मुगुमा नियमित हवाई सेवा सुचारु



मुगु । हिमाली जिल्ला मुगुमा एक साता अघिदेखि नियमित रूपमा हवाई उडान सुचारुमा आउन थालेका छन् ।

पुस महिनाको हिमपातले गर्दा हवाई उडानमा प्रभावित पारेको थियो भने केही हप्तापछि मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाई उडान भरेका हुन् ।

एक साता बढीसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा पर्ने गरेका थिए । लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको थियो ।

रारा विमानस्थलबाट मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुसम्म हवाई जहाजहरूले नियमित रूपमा उडान भरेको कर्णाली टुर एण्ड ट्राल्भस मुगुका इन्चार्ज डिवी मल्लले बताए ।

हिमपातले मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो हिमपात पर्दा डोजर लगाएर पनि सडक सुचारुमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।

मुगुमा पछिल्लो समय मौसममा सुधार हुँदै आइरहेको छ । मुगुमा यो वर्ष दुई पटक मात्र हिमपात भएको छ । हिमपात परेपछि कृषक हर्षित देखिन्छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ३३ बजे

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही