२ पुस २०८२, बुधबार | December 18, 2025

शील गरिएको देवघाटमा १२ हजार भक्तजन



तनहुँ । कोरोना भाइरस फैलने जोखिमले शील गरिएको पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्तिको दिन झण्डै १२ हजार भक्तजन पुगेका छन् ।

गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको संगम देवघाटको वेणीमा मकर स्नान गर्नाले पुण्य प्राप्त हुने जनविश्वासले शील हुँदाहुँदै पनि हजारौँ भक्तजन देवघाट पुगेका हुन् ।

कोरोनाको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमा फैलन थालेपछि देवघाट क्षेत्रमा हुने माघे संक्रान्ति मेला स्थगित गरिएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनको आदेश अनुसार शुक्रबार दिउँसो २ बजेदेखि शनिबार दिउँसो २ बजेसम्म देवघाट क्षेत्र प्रवेश गर्ने नाका शील समेत गरिएको थियो । देवघाट प्रवेश गर्ने नाका आँपटारी, ठिमुरा, दासढुंगा र रामनगरबाट प्रवेशमा रोक लगाएको छ । तैपनि पनि मकर स्नान गर्न झण्डै १२ हजार भक्तजन पुगेका छन् ।

भक्तजन बिहानैदेखि गेटमा आएर बसेपछि बिहान साढे ८ बजेदेखि पैदलयात्रीलाई देवघाट प्रवेश गर्न दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक घिरणबाबु घिमिरेले बताए । त्यसपछि साँझसम्म १० देखी १२ हजार भक्तजन देवघाटमा स्नान गर्न आएको अनुमान गरेको उनले जनाए । ‘प्रशासनको आदेश अनुसार देवघाटमा लाग्ने माघे संक्रान्ति मेला स्थगित गरेका थियौँ । ९० प्रतिशत तयारी पुरा भइसकेको थियो । देवघाट शील भएको सूचना जारी गरेका थियौँ । नाका शील हुँदा समेत भक्तजन आउनुभयो । देवघाटप्रतिको आस्था,महिमाका कारणले हो’, उनले भने ।

विगतको तुलनामा यसपालि देवघाट सुनसान बनेको घिमिरे बताउँछन् । मेला स्थगित गरेर नाका शील नभएको भए देवघाटमा भक्तजनको घुइँचोले खुट्टा टेक्ने ठाउँ समेत नहुने उनले उल्लेख गरे । विगतका वर्षमा देवघाटमा मकर स्नान गर्न पाँच लाख बढी भक्तजन आउने गरेका थिए । देशभरबाट माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नलाई आउने भक्तजनको भिड अघिल्लो दिनबाटै लाग्दथ्यो । भजनकिर्तनले देवघाट क्षेत्र गुञ्जायमान हुने गरे पनि यसपालि सुनसान नै रह्यो ।

देवघाटधामस्थित बेनीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । कोरोनाको जोखिमले गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिसहित सन्त-महन्त, बटुक लगायत स्थानीयको उपस्थितिमा मात्रै बाँसको लिंगो ठड्याएर मेलाको शुभारम्भ गरिएको हो । माघे संक्रान्तिमा देवघाटमा हुने मेला देशकै ठूलो र प्रसिद्ध मानिन्छ ।

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ३८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल