१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

प्रदेश २ को नामाकरणको चार दिनपछि महन्थ ठाकुरको धन्यवाद



काठमाडौं । प्रदेश २ को नामाकरण र राजधानी तोकिएको चार दिनपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेश सभा सदस्यहरूलाई धन्यवाद दिएका छ ।

प्रदेशसभाको ३ माघ मंगलबार बसेको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने सर्वसम्मत निर्णय गरेको थियो । यसको चार दिनपछि बिहीबार अध्यक्ष ठाकुरले प्रदेश सभा सदस्यलाई बधाई र धन्यवाद दिएका हुन् ।

‘प्रदेश २ को प्रदेश सभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको संदर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौंदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तिको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहिदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ,’ बिहीबार उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :

मिति २०७८ माघ ३ गते प्रदेश–२ को प्रदेश सभाको बैठकले प्रदेशको राजधानी “जनकपुरधाम” र प्रदेशको नाम “मधेश प्रदेश” राख्ने एतिहासिक निर्णय गरेको कार्य स्वागत योग्य रहेको छ । यस एतिहासिक निर्णयको लागि प्रदेश सभा सदस्य ज्यूहरुलाई हार्दिक बधाईका साथै धन्यवाद समेत व्यक्त गर्दछु । । प्रदेश २ को प्रदेश सभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको संदर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तीको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहिदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ ।

महन्थ ठाकुर
अध्यक्ष

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ४ : २२ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको