१३ असार २०८३, शनिबार | June 28, 2026

आहा रारा : सडनडेथमा पुलिसको भाग्य



काठमाडौं । वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका गोलरक्षक रोशन खड्काले सडनडेथमा नायकत्व भूमिका खेलेपछि विभागीय टोली नेपाल पुलिस क्लब आहारारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित समय १–१ र अतिरिक्त ३० मिनेटमा समेत कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो ।

जहाँ ११९औं मिनेटमा मैदान छिरेका रोशन हिरो साबित भए । प्रशिक्षक अनन्त राज थापाले गोलकिपर सञ्जीव श्रेष्ठको ठाउँमा रोशनलाई मैदान छिराएका थिए ।

रोशनले विपक्षी हिमालयन शेर्पा क्लबका पूर्णबहादुर गुरुङको प्रहार जोगाए । सडनडेथमा पुलिसका बुद्ध तामाङ र राम वाजीले सहज गोल गरे भने हिमालयन शेर्पाका जीवन गुरुङले गोल गरे ।

यसअघि पुलिसका लागि तीर्थ रानामगर र निरकुमार राईसँगै भेट्रान स्टारहरू सुमन सुवेदी र भोलानाथ सिलवालका प्रहार गोलमा परिणत भएका थिए । कपिल ढकालले प्रहार गरेको चौथो पेनाल्टी पोस्टभन्दा धेरै माथिबाट बाहिरिँदा पुलिस पहिलो पाँच पेनाल्टीमै जित हासिल गर्नबाट चुकेको थियो ।

हिमालयन शेर्पाका लागि उर्लिच सिबेले गरेको पहिलो प्रहार नै पोस्टमा लागेर फर्किँदा पुलिसको सम्भावना बलियो बनेको थियो । तर त्यसपछि त्रिदेव गुरुङ, आशिष् गुुरूङ, मुतम्बा पिस्टोन र कप्तान विश्वास श्रेष्ठले लगातार गोल गर्दै खेल सडनडेथसम्म पुर्‍याएका थिए ।

यसअघि निर्धारित समयमा निरकुमार राईको गोलमा पुलिसले अग्रता लिए पनि हिमालयन शेर्पाका कप्तान विश्वासले खेल बराबरीमा ल्याएका थिए । निरकुमारले ५३औं मिनेटमा गोल गरे पनि पुलिसले त्यो अग्रता लामो समयसम्म जोगाउन सकेन । त्यसको ६ मिनेट नबित्दै हिमालयन शेर्पाका लागि विश्वासले बराबरी गोल गरे ।

अब, पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार एक खेल हुनेछ ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ०५ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट