२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित



पोखरा । पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ ।

कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी सङ्क्रमित छन् ।

उनले भने, “पछिल्लो कोरोना लहरमा स्वास्थ्यकर्मी पनि तीव्ररुपमा सङ्क्रमित हुने क्रम बढ्दो छ, कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सरुवा रोग अस्पताल र म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी बढी सङ्क्रमित हुनुभएको छ ।” स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवा नै रोकिने अवस्था भने हालसम्म रहेको छैन ।

यसैगरी तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बागलुङ ११, पर्वत १०, म्याग्दी नौ, गोरखा छ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी सङ्क्रमित भएका छैनन् । निर्देशनालयले सङ्क्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : ४८ बजे

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज