१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

सेनाको पश्चिम हवाई सेवा स्थापनापछि धेरैको ज्यान जोगियो



जाजरकोट । नेपाली सेनाको पश्चिम कमाण्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रीत संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमाण्ड अन्तरर्गत सुर्खेतको बीरेन्द्रनगरबाट हवाइ सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो ।

कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिल्लामा पश्चिम कमाण्डले काम गर्दै आएको छ । सुत्केरी तथा प्राकृतिक प्रकोप र विपदमा परेका सर्वसाधारणलाई नेपाली सेनाको पश्चिम कमाण्ड अन्तर्गतको हवाई सेवामार्फत उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याई उपचारमा सहयोग गर्दै आएको छ । १७ भदौ २०७६ मा पश्चिम कमाण्ड अन्तर्गत नेपाली सेनाले बीरेन्द्रनगरमा पश्चिम हवाई सेवा स्थापना गरी उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरु गरेको थियो । सुरुमा काठमाडौंबाट हुने उडानहरु दुई वर्षयता सुर्खेतबाट तीनवटा प्रदेशमा हुँदै आएको छ ।

तीन वटा प्रदेशलाई जोडेर सेनाले पश्चिम कमाण्ड स्थापना गरेको हो । लुम्बिनीको बाँके, बर्दिया र सुदूरपश्चिम र कर्णालीको पुरै भागलाई समेटेर पश्चिम एयरवेशबाट उडानका काम हुँदै आएको छ । उद्धारका लागि तीनवटा हेलिकोप्टरसहित उडान दलक समेत तयारी हालतमा राखिएको पश्चि कमाण्डका प्राविधिक प्रमुख सेनानी रचन श्रेष्ठले बताए । यो वर्ष मात्र गर्भवती र सुत्केरीको मात्र हालसम्म ४८ जनाको उद्धार गरिएको छ ।

२७ वटा अन्य उद्धारका काम भएको पश्चिम हवाइ सेवा कार्यालयले बताएको छ । २०७७ मा ३४ गर्भवती र अन्य २३ र २०७६ मा ३५ गर्भवती र अन्य १९ जनाको उद्धार गरिएको प्रमुख सेनानी श्रेष्ठले बताए । पश्चिममा एयर वेश स्थापनासँगै समयमै उद्धार भएको स्थानीयबासीले बताएका छन् । पश्चिम क्षेत्रमा सवारी दुर्घटना, बाढीपहिरो, हिउँ पहिरोमा परि घाइते भएकालाईसमेत सेनाले हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ ।

त्यस्तै राहत वितरणमासमेत नेपाली सेनाले उडान भर्दै आएको छ । प्राकृतिक विपत्तिमा आफ्नै मेडिकल टिम खटाएर सेनाले जनसेवा गर्दै आएको पश्चिम कमाण्डका मेजर जनरल प्रेम शाहीले बताए । पश्चिम कमाण्डको एयर वेशलाई अझैं पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारणको माग छ । पश्चिम एयर वेशबाट सबैभन्दा बढी डोल्पा, हुम्ला, मुगु र जाजरकोटबाट गर्भवतीको उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उद्धार कोषमार्फत सेनाले उक्त उद्धारका काम गर्दै आएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम आर्थिक वर्ष २०७५र७६ देखि सुरु भएको थियो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याउने काम सेनाले गर्दै आएको छ । सेनाले उद्धार गरि गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा ल्याएर ज्यान बचाउने गरेको छ ।

हवाई उद्धारका लागि कार्यविधि २०७५ साल कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको थियो । हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट २० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।

पूर्ण रुपमा हवाई उद्धार हुने १८ जिल्लामा ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम,जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन् । त्यस्तै आंशिक रूपमा २९ जिल्लामा पनि उद्धार हुँदै आएको छ ।

डोल्पाको फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावा सम्डुक गुरुङले हाम्रो जस्तो सञ्चारदेखि सडक सुविधा नभएको ठाउँमा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए । -न्युज कारखाना

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ३ : ०३ बजे

जिज्ञासुको ‘अग्निस्पन्दन’ विमोचन र ‘विवश आमा’ गीत सार्वजनिक

नेपालगन्ज । बाँकेमा रहेर साहित्य साधना गरिरहेकी साहित्यकार कल्पना पौडेल

गणतन्त्र दिवसको अवसरमा प्रहरी कार्यालय परिषरमा निःशुल्क स्वास्थ्य शिविर

खजुरा । गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरामा निशुल्क स्वास्थ्य

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल

राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ ।