६ श्रावण २०८३, बुधबार | July 22, 2026

आहा रारा गोल्डकपमा पाहुना टोली पराजित, एपीएफको अपराजित यात्रा कायम



पोखरा । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा बीवाईएससी मिनेसोटा युएसए (अमेरिका)लाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफका लागि रबी थिङले २ तथा आभास लामिछानेले एक गोलको योगदान दिए । मिनेसोटाका लागि मिगल पेलाफक्स एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुआतमै बीवाइएससीले अग्रता बनाएको थियो । खेलको ४७औं मिनेटमा रिले उरीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाइएससीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७०औं मिनेटमा आवास लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई १–१ बराबरीमा पुर्‍याएका थिए । त्यसपछि सुपर सबको रूपमा मैदान प्रवेश गरेका रबी थिङ नायक बने । खेलको ८४औं र इन्जुरी समयको चौथो मिनेटमा मा रबीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए । खेलमा थिङ नै म्यान अफ दी म्याच भए ।

अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । आइतबारको खेल नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब बिच हुनेछ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ०१ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन