१८ माघ २०८२, आइतबार | February 1, 2026

आहा रारा गोल्डकपमा पाहुना टोली पराजित, एपीएफको अपराजित यात्रा कायम



पोखरा । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा बीवाईएससी मिनेसोटा युएसए (अमेरिका)लाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफका लागि रबी थिङले २ तथा आभास लामिछानेले एक गोलको योगदान दिए । मिनेसोटाका लागि मिगल पेलाफक्स एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुआतमै बीवाइएससीले अग्रता बनाएको थियो । खेलको ४७औं मिनेटमा रिले उरीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाइएससीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७०औं मिनेटमा आवास लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई १–१ बराबरीमा पुर्‍याएका थिए । त्यसपछि सुपर सबको रूपमा मैदान प्रवेश गरेका रबी थिङ नायक बने । खेलको ८४औं र इन्जुरी समयको चौथो मिनेटमा मा रबीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए । खेलमा थिङ नै म्यान अफ दी म्याच भए ।

अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । आइतबारको खेल नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब बिच हुनेछ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ०१ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन