४ पुस २०८२, शुक्रबार | December 19, 2025

जाडोमा रौतामाईका १४० जेष्ठ नागरिकलाई सिरक



उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले १४० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लैंगिक समानता तथा महिला सशक्तिकरण क्षेत्र अन्तर्गत ज्येष्ठ नागरिक लक्षित बजेटबाट गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएकाे हाे ।

गाउँपालिकाले सिरक दिँदा राहत भएकाे रौतामाई गाउँपालिका-४ की ७५ वर्षीय बृद्धा गुणबहादुर मगरले बताए । उनी भन्छन्, ‘यति भए त यो वर्षको जाडो कटाउँछु होला ।’

रौतामाई गाउँपालिका ज्येष्ठ नागरिक संजालका अध्यक्ष छत्रबहादुर मगरले भने, ‘घरमा परिवारसँग मिलेर बसेकाको हकमा त त्यति समस्या छैन । परिवारबाट अपहेलित भएकाको जनजीवन कष्टकर छ, त्यसैले त्यस्ता प्रति कार्यक्रम लक्षित हुनुपर्छ ।’

गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले जाडोमा जेष्ठ नागरिकको अवस्था हेरेर सहयोग गरेको बताइन् । उनले भनिन्, ‘गरिब, दलित, विपन्न, असहाय, अपांग, ज्येष्ठ नागरिकलाई प्राथामिकतामा राखेर सिरक वितरण गरेका हाैं ।’

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको