१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

२२ वर्षको उमेरमै पुछिएको गोरीकलाको सिन्दुर



मुगु । हिउँद महिनाको समय फुस्स उडेको अनुहार, टाउको ओढेको हरियो रंगको पछ्यौरा, काखमा दुई दुधे बालक च्यापेर बसेकी छायाँनाथ रारा नगरपालिका–८ टोप्ला कि गोरीकलाको मन छियाछिया परेको छ ।

उनी उमेरले २२ वर्ष पुगिन् । तर, उनको जीवनमा परेको बज्रपातले गौरीकलालाई मात्र होइन जो सुकैलाई पनि स्तब्ध बनाउँछ । उनको यो कलकाउँदो उमेरमा उनको जीवनको साहरा खोसिएको छ । उनको पति टोपबहादुर विष्टले यो संसार छाडेपछि गौरीकला साहराविहीन बन्न पुगेकी छन् । जसले गर्दा उनको मन छियाछिया परेको छ ।

गत २६ असोज फुलपातीको दिनमा भएको बस दुर्घटनामा पति टोपबहादुरको मृत्यु भयो । अध्ययनको लागि नेपालगञ्जमा रहेका उनी दसैँ मनाउन घर फर्केका थिए । सोही क्रममा छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँमा भएको बस दुर्घटनामा टोपबहादुरको मृत्यु भएको थियो ।

पतिको मृत्युपछि गोरीकलालाई दुई सन्तानको लालनपालन र शिक्षादीक्षाको जिम्मेवारी आइपरेको छ । घरमा दुई छोरासहित सासुको हेरचाहको जिम्मेवारी पनि गौरीकलाकै काँधमा छ । ससुराको मृत्यु भइसकेको छ ।

ससुराको निधनपछि टोपबहादुरको सहारामा जीवनयापन गर्दै आइरहेका बिष्टका दम्पती बुबाको निधनको आँसु पुछ्न नपाउँदै टोपबहादुरको पनि मृत्युले गौरीकलाको परिवारमा बज्रपात परेको हो ।

कक्षा १० सम्म अध्ययन गरेकी गोरीकलाकै सल्लाहमा श्रीमानसँगै उच्च शिक्षा अध्ययन गर्न नेपालगञ्ज गएका थिए । टोपबहादुरले काम गर्दा जोहो गरिदिएको केही रकमले अहिले छाक टारेका उनीहरू अब के खाने, के गर्ने भन्ने चिन्तामा पिरोलिन थालेका छन् ।

टोपबहादुरले जम्मा गरेको रकम र बिमा गरेको बचतले गोरीकलाले छोरा र सासुको पालनपोषणमा खर्च गरेको बताइन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १२ : ०९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले