६ श्रावण २०८३, बुधबार | July 22, 2026

जोरबिजोरले सार्वजनिक यातायातमा झनै भिड



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ ।

विश्वभरि महामारीको रूप लिएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड कम गर्न भन्दै उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा भने झन् भिड बढेको यातायात व्यवसायी तथा यात्रुहरू बताउँछन् ।

सामान्यतयाः दिउँसोको समयमा भिडभाड नदेखिए पनि बिहान कार्यालय समय र साँझको समयमा सार्वजनिक यातायातमा यात्रुहरूको चाप धेरै देखिएको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेमा कारबाही हुने भएकाले व्यवसायीले ट्राफिकको उपस्थिति न्यून नरहने ठाउँमा सिट क्षमताभन्दा बढी यात्रु राखे पनि ट्राफिक प्रहरीको उपस्थिति हुने मुख्य सडकमा भने कारबाहीको डरले सिट क्षमताभन्दा बढी यात्रु नराखेपछि यात्रुहरूले लामो समय सार्वजनिक बस कुरेर बसेको समेत पाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा भिड बढे पनि आफूहरूले निर्णयको कार्यान्वयन गर्ने मात्र जिम्मा रहेको बताएको छ । महाशाखाले सिट क्षमताभन्दा बढी यात्रु राख्नेमाथि नियमित रूपमा कारबाही गर्दै आएको छ ।

सर्वसाधारण यात्रुहरूले जोरबिजोर प्रणालीका कारण सार्वजनिक यातायातमा झनै भिड बढेको र भनेको समयमा यातायात पाउनसमेत मुस्किल परेको गुनासो गरेका छन् । सुन्धारामा भेटिएका विदुर खतिवडाले सरकारले कोरोना नियन्त्रणका लागि जोरबिजोर प्रणाली लागू गर्नु गलत भएको बताउँछन् । ‘जोरबिजोर प्रणालीले कोरोना नियन्त्रण होइन, ट्राफिक व्यवस्थापन नियन्त्रण मात्र हुने हो, यसले त सार्वजनिक यातायातमा झनै भिड बढेको छ, भनेको बेला गाडी पाइँदैन,’ उनले भने ।

यातायात व्यवसायीहरूले पनि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नगर्न माग गर्दै आएका छन् ।

गत शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायसँग सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल आयोजना गरेको थियो ।

छलफलका क्रममा यातायात व्यवसायीहरूले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका थिए । सवारीसाधन कम चलेमा यातायातका साधनमा यात्रुहरूको भीड हुने भन्दै व्यवसायीले जोरबिजोर प्रणाली लागू गर्न नहुने बताउँदै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनभन्दा पनि निजी सवारीसाधनलाई रोक्नेमा सरकारको ध्यान जानुपर्ने बताउँदै सार्वजनिक सवारीसाधन रोकेर भिड नियन्त्रण हुन नसक्ने बताएका छन् ।

उपत्यकाका तीनैवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण रोकथाम गर्ने भन्दै गत शुक्रबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन् ।

जोरबिजोर प्रणाली लागू गर्न उपत्यकाका ठाउँठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गर्दै आएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : १४ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको