१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

उपत्यकामा सञ्चालित सार्वजनिक यातायात कोरोना मापदण्ड विपरित



काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरूले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ ।

लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । तर, अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको हो ।

यातायात व्यवस्था विभागले शुक्रबार अनुगमन गर्दा अधिकांश सवारी साधनमा सेनिटाइजर नै थिएन् । भएकाहरुमा पनि सानो बट्टा रहेको पाइएको छ । यसबाट सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको पुष्टि भएको हो । अनुगमनमा रहेका विभागका सवारी अनुगमन शाखाका नायब सुब्बा केशबराज जमरकट्टेलले अधिकांश सवारी साधनले सेनिटाइजरको प्रयोग नगरेको पाइएको बताए ।

मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको बताए । उनले अनुगमनका क्रममा सेनिटाइजर नै नराख्ने तीनवटा सवारी साधनलाई कारबाही गरिएको बताए । सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिंदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ । विभागले गरेको चेकजाँचको क्रममा यातायातका चालक र सहचालकले सानो सेनिटाइजरको बट्टा देखाएर उम्किने प्रयास गरेका थिए ।

कतिपय सवारी साधनले सिट क्षमता भन्दा पनि बढी यात्रु राखेको पाइएको छ । त्यस्तै यात्रुले मास्कको प्रयोग नगरेको समेत पाइएको छ । विभागले भने सेनिटाइजर नराख्ने सवारी साधनलाई समान्य चिट काटेर कारबाही गरेको छ । सानो बट्टा राख्नेलाई सम्झाएर पठाइएको जमरकट्टेलले बताए ।

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गत असार २६ गतेदेखि उपत्यका भित्र छोटो दुरीको सवारी साधन सञ्चालन गर्न दिएको थियो । यातायात सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नुपर्ने, सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, चालक र सहचालक सहित सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र सवारी साधनलाई निसंक्रमण गर्नुपर्ने मापदण्ड तयार गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ४७ बजे

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान