६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

अर्बपतिहरुको ट्विटरमा बहसः जनसंख्या पतनको विकल्प कृत्रिम कोख



एजेन्सी । अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्क, इथेरियमका सहसंस्थापक भितालिक बुटेरिन तथा इ कमर्स फाेरम गुमारोडका संस्थापक सहिल लाभिंगियाबीच ट्विटरमा कृत्रिम काेख चर्को बहस बढेको छ ।

जनसंख्या पतनको बढ्दो सम्भावना र त्यसलाई समाधान गर्न कृत्रिम कोख-(सिन्थेटिक वम्ब) बारे ट्विटरमा बहस बढेको हो ।

एउटा पछिल्लो ट्विटमा मस्कले भनेका छन्, ‘जनसंख्याको सम्भावित पतनबारे हामीले सोच्नै पर्छ ।’ मस्कको ट्विटलाई जबाफ दिँदै लाभिंगियाले लेखेका छन्, ‘हामी सजिलै, चाँडो, सस्तो र सबैलाई पहुँच हुने सिन्थेटिक कोख प्रविधिको विकास गर्नुपर्छ ।’

उनीहरुको च्याट जनसंख्या पतन र कृत्रिम कोखको विकासमा केन्द्रित थियो ।

आगामी केही दशकपछि मानिसहरु मंगल ग्रहमा बस्ने ठोकुवा गर्दै आएका मस्कका लागि जनसंख्या पतन निश्चय नै चिन्ताको विषय हो । किनकी पृथ्वीमा नै मानिसको पतन भए मंगल ग्रहमा बसाइँ सार्ने उनको योजना पुरा हुने छैन् ।

ट्विटरमा दुई जनाबीच बहस बढिरहेका बेला अर्का अर्बपति बुटेरिनले लेखेका छन्, ‘सिन्थेटिक कोखले गर्भधारण र महिला तथा पुरुषबीच हुने असमानताको विभेद हटाउछ ।’

के हो कृत्रिम कोख ?

कृत्रिम कोख एउटा यस्तो उपकरण हो, जसले वाह्य गर्भावस्थालाई अनुमति दिन्छ । यस प्रकृयामा भ्रुणको विकास जीवको शरीर बाहिर हुन्छ । नेदरल्याड्सका वैज्ञानिकहरुले कृत्रिम कोख विकास गरिरहेको र त्यसले समय नपुगी जन्मिने शिशुलाई जोगाउने सन् २०१९ को एउटा रिपोर्टमा बीबीसीले जनाएको थियो ।

विज्ञहरुका अनुसार नवजात शिशुहरुको ठूलो संख्यामा मृत्यु हुनुको मुख्य कारण समय नपुगी जन्मिनु हो । तर, कृत्रिम भ्रुणको अवधारणाले विभिन्न कानुनी प्रश्न पनि खडा गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १२ : ४० बजे

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते

भोजपुर । यहाँको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको

कांग्रेसको संक्षिप्त प्रतिज्ञा पत्र सार्वजनिक, बिस्तृत काठमाडौंमा सार्वजनिक गरिने (पूर्णपाठ)

नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरमा पुगेर आफ्नो चुनावी घोषणा

‘सहिदको बलिदानले उज्यालिएको प्रजातन्त्रको नयाँ बिहानी’

काठमाडौँ । मुलुकमा १०४ वर्षे जहानियाँ एकतन्त्रीय राणाशासन अन्त्य गर्ने

लोकतन्त्रका आधार नै युवा पुस्ता हुन् : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । सर्वप्रथमतः लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

काठमाडौ । लाजिम्पाटस्थित होटल ले हिमालयको रहेको पान–एशियन फाइन डाइनिङ