१५ असार २०८३, सोमबार | June 29, 2026

छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन मङ्सिरमा हुने



ललितपुर । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मङ्सिर १२ गतेदेखि १५ गतेसम्म काठमाडौँमा हुनेभएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ५० देशका करिब ८०० प्रतिनिधिको सहभागिता रहने बनाइएको छ ।

त्रिवि केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङले चार दिनसम्म चल्ने काठमाडौँ सम्मेलनमा एसियाली मुलुकका जनसङ्ख्याविद्को तर्फबाट १७ विषयमा आधारित ४०० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । विश्वको जनसाङ्ख्यिक परिदृष्य र प्रवृति, यसको राजनीतिक, सामाजिक तथा आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसङ्ख्यालाई प्राप्त हुने अवसर र चुनौतीलगायतका विषयमा केन्द्रित भई कार्यपत्र प्रस्तुत हुने उनले बताए ।

अहिलेसम्म ४०० प्रतिनिधिसहित २६ देशका ३०० भन्दा बढी कार्यपत्र दर्ता भइसकेको सो अवसरमा बताइयो । “आसन्न सम्मेलनमा जनसङ्ख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने विश्वास गरिएको छ ।

नेपालको विकासका एजेण्डालाई थप प्रवद्र्धन गर्ने तथा प्रमाणमा आधारित विकासमा जोड दिनुपर्ने आवश्यकतालाई बढावा दिने अपेक्षा गरिएको छ ।” प्राडा गुरुङले भन्नुभयो । समग्र विश्वसहित एसियाली क्षेत्रको जनसङ्ख्या व्यवस्थापनका पक्षमा नीति–नियम परिवर्तन गर्न तथा नेपालको जनसङ्ख्या नीतिलाई पुनरावलोकन गर्न आसन्न सम्मेलनले मार्गनिर्देश गर्ने उहाँले जानकारी गराए। “जनसङ्ख्याको वास्तविक परदृष्यिलाई ध्यान दिन सकिएन भने समस्या निम्तिन सक्छ, यसलाई ख्याल गरेर नीति योजना बनाउनुपर्छ । जनसङ्ख्या संरचनामा भइरहेको स्थानान्तरणले विश्वसँगै नेपालले पनि विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिका बारेमा पुनःविचार गर्न आवश्यक छ । सम्मेलनले सरकारलाई यस विषयमा पनि काफी पृष्ठपोषण गर्ने हाम्रो विश्वास लिएका छौँ ।” प्राडा गुरुङले भने ।

नेपाल जनसङ्ख्या सङ्घका अध्यक्ष डा पदमप्रसाद खतिवडाले जनसङ्ख्याको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबीच अध्ययन, अनुसन्धान र उत्कृष्ट अभ्यास अन्वेषण गरी साझा अवधारणा तयार गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे। “जनसङ्ख्या वृद्धिदर, स्थानान्तरण तथा व्यवस्थापनसहित दिगो विकासका मुद्दामा आवश्यक नीति, योजना, अनुसन्धान, शिक्षण, अनुगमन तथा मूल्याङ्कन र अन्य समसामयिक विषयवस्तुमाथि सम्बद्ध सरकारी निकाय, विश्वविद्यालय, विकास साझेदार संस्था र अन्य सरोकारवालाको तर्फबाट कार्यपत्र प्रस्तुत हुने सम्मेलन जनसङ्ख्यासम्बन्धि साझा समस्या, चुनौत र देशीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमा पहिचान गर्न केन्द्रित हुने छ ।” डा खतिवडाले भने।

 

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : ५८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा