१३ माघ २०८२, मंगलबार | January 27, 2026

रसुवा भन्सार : आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य



रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा चार अर्ब ३३ करोड ४५ लाख नौ हजार रुपैयाँ सङ्कलन भएको छ । कोभिड सङ्क्रमणको सुरूआतपश्चात चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुल छेउमा सामान पु¥याउने गरेको छ । व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्कवापतको राजस्व असुली भएको हो । चीनतर्फ जाने निर्यात भने शून्य छ ।

दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मकरुपमा हेर्दा यस वर्ष झण्डै साढे दुई गुनाले बढेको छ । गत वर्षको यस अवधिमा रु एक अर्ब ७२ करोड २४ लाख दुई हजार मात्र असुली भएको थियो । साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

यस वर्षको वार्षिक असुली लक्ष्य भने छ अर्ब ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । सवारीसाधन बढी मात्रामा आयात हुन थालेसँगै राजस्वमा वृद्वि हुन थालेको हो । गत वर्षदेखि हालसम्म जुमक्रेन, टिपर, एम्बुलेन्स, माइक्रोबस, मिनीबस, जीप तथा कारसमेतका एक हजारभन्दा बढी सवारी आयात भइसकेको बताइन्छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सामान पल्टी गर्दा क्वारेन्टिनमा राखिएका कामदार मात्र मितेरी पुलमा परिचालन गरिएको छ ।

सामान पल्टी गर्ने स्थल पूरै घेरावाल लगाइ पिपिई लगाएका चालक एवं कामदारका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भन्सार कर्मचारीले मात्र प्रवेश पाउने बताइएको छ

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : १२ बजे

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी