२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

राजिवको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा



काठमाडौं । वैकल्पिक खेलाडी राजिव गुरुङको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १-० अन्तरमा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको खेलका ७०औं मिनेटमा राजिवले गरेको एक मात्र गोल निर्णायक बन्यो । राजिवले काउन्टर अट्याकमा सहज गोल गरे ।

आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीले फाइलनमा प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।अर्कातिर फाइनल प्रवेशका लागि एपीएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मछिन्द्रले संकटा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै, एपीएफले भुटनीज युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै अन्तिम चारमा आइपुगेको हो ।

आर्मी र थ्री स्टार दुवै आफ्ना मुख्य खेलाडीविना मैदानमा उत्रिएका थिए । आर्मीका सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे राष्ट्रिय टोलीको बन्द प्रशिषणमा रहँदा नवयुग श्रेष्ठ, विकास खवास र सुदिल राई चोटका कारण मैदान बाहिर छन् ।

यता, थ्री स्टारका अनन्त तामाङ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा आयुष घलान र कप्तान विक्रम चोटका कारण मैदान उत्रन पाएनन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ५ : ४९ बजे

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर