२० मंसिर २०८२, शनिबार | December 6, 2025

रूपन्देहीको देवदहमा फेला परेको शवको हत्या भएको प्रारम्भिक निष्कर्ष



बुटवल । रूपन्देहीको देवदहस्थित घोडाहा जंगलमा मंगलबार दिउसो फेला परेको महिला र बालिकाको शव हत्या पछि फालिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । शव बरामद पछि शवको प्रकृति मुचुल्काबाट हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको हो । आज अपरान्ह एक महिला र बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलमा डिएसपी ठगबहादुर केसीले दुवैको घाँटी रेटिएको अवस्थामा भेटिएकोले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको जानकारी दिए । देवदह नगरपालिका वडा नम्बर ९ घोडाहा स्थित पूर्व पश्चिम राजमार्गबाट २५ मिटर भित्र जंगलमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । हत्या गरिएका महिला र बालिकाको यो समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन । महिला अन्जादी ३० वर्ष र बालिका ७ वर्ष जतिको रहेको प्रहरीले अनुमान गरेको छ ।

शव भेटिएको स्थानमा अन्य कुनै दसी प्रमाण फेला नपरेका कारण शवको पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । १०÷१२ घण्टा अघिको आसपासमा हत्या गरेर फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी मनोज कुमार केसीले बताए ।

मंगलबार बिहान ११ बजेतिर स्थानीयले झाडीमा महिला र बच्चा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिला र बालिका तराई मूलका जस्तो देखिन्छन । ‘प्रहरीका सबै युनिटहरुमा फोटो सहित विवरण पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरिक्षक भास्कर चन्दले बताए ।

अघिल्लो महिना लुम्बिनीको मायादेबी मन्दिरको पछाडी फेला परेको युवतीको शवको पनि अहिले सम्म सनाखत हुन सकेको छैन । पछिल्लो समय रुपन्देहीको देवहवमा अपराधिक घटना धेरै हुन थालेको छन् । उनीहरुको शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : २१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले