८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपालगन्जमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । उपचारका लागि बाँके ल्याइएका मध्य २ जना कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दिया र कालिकोटका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाबाट गत माघ १० गते भेरी अस्पतालमा भर्ना भएका ७१ वर्षिय पुरुषको गयराती ११ः३० बजे मृत्यु भएको छ भने माघ ५ गतेबाट उपचाररत शुभकालिका ५ कालिकोटका १६ वर्षिय किशोरको आज बिहान ११ः१५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिएका छन् ।

वलीकका अनुसार कालिकोटका गजेन्द्र बाहेरा बाख्रा चराउन गएका बेला भिरबाट खसेर घाइते भएको र थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएकोमा कोरोना पुष्टि भएपछि माघ ५ गतेबाट भेरी अस्पतालमा उपचार चलिरहेको थियो ।

आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका मध्य ४३९ जना कोरोना संक्रमितको मृत्यु भएको समेत वलीले बताए ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १२ : ४२ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर