१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

नेपालगन्जमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । उपचारका लागि बाँके ल्याइएका मध्य २ जना कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दिया र कालिकोटका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाबाट गत माघ १० गते भेरी अस्पतालमा भर्ना भएका ७१ वर्षिय पुरुषको गयराती ११ः३० बजे मृत्यु भएको छ भने माघ ५ गतेबाट उपचाररत शुभकालिका ५ कालिकोटका १६ वर्षिय किशोरको आज बिहान ११ः१५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिएका छन् ।

वलीकका अनुसार कालिकोटका गजेन्द्र बाहेरा बाख्रा चराउन गएका बेला भिरबाट खसेर घाइते भएको र थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएकोमा कोरोना पुष्टि भएपछि माघ ५ गतेबाट भेरी अस्पतालमा उपचार चलिरहेको थियो ।

आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका मध्य ४३९ जना कोरोना संक्रमितको मृत्यु भएको समेत वलीले बताए ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १२ : ४२ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा