सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनका अनुसार बिहीबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।
यसअघि जिल्ला प्रशासनले गोलबजार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको थियो । गोलबजारमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वमा गोलबजार नगरपालिका-३ को कसहा खोलादेखि पश्चिममा चोहर्वा चोकसम्म तथा उत्तरमा गोलबजार-६ को सैनिक चोकदेखि दक्षिणमा गोलबजार-४ सम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ ।
त्यसपछि प्रशासनले थप सूचना जारी गर्दै लहान नगरपालिकाका विभिन्न क्षेत्रमा पनि कर्फ्यु विस्तार गरेको हो ।
प्रशासनका अनुसार लहानमा पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) सम्म तथा राजमार्गको दक्षिणतर्फ ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको छ ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति-सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।


















प्रतिक्रिया