२६ माघ २०८२, सोमबार | February 9, 2026

भन्सारमा इपेमेन्टको सुरुआत, घरमै बसेर भन्सार जाँच पास गर्न सकिने



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गरेका छन् ।

इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन् । योसँगै ‘नयाँ युग’को सुरुआत भएको जनाउँदै उहाँले यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

“व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारका रूपमा काम गर्नेछ”, उनले भने, “यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।” त्यस्तै उनले भन्सार विन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधारअन्तर्गत ‘भेकल स्क्यानर’ ल्याउने कार्य अन्तिम चरणमा रहेको जानकारी गराए ।

मन्त्री शर्माले ‘भेकल स्क्यानर’ मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गर्नुभयो । उनले भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे । निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझाव सरकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने उहाँले विश्वास दिलाए ।

यसैगरी पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको शृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउँदै उनले अर्थतन्त्र धराशयी नभएको बताए । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै अर्थमन्त्री शर्माले त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने बताए ।

समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए । त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने जनाउँदै उनले यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत औँल्याए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गर्दै परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको बताए । यसले नयाँ पिँढीलाई व्यवसायमा आउन निरुत्साहित भइरहेको उनको भनाइ थियो । हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : ४२ बजे

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।

निर्वाचन आउन २४ दिन बाँकी : आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद