५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रियसभाको निर्वाचन सम्पन्न, नतिजा आजै आउने



काठमाडौं । राष्ट्रियसभाको रिक्त १९ पदका लागि भएको मतदान सम्पन्न भएको छ ।

सातै प्रदेशका तोकिएका मतदान केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान  दिउँसो ३ बजेदेखि सम्पन्न भएको हो ।

मतदानको नतिजा आजै रातिसम्म आउने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै निर्वाचन कार्यालयमा मतपेटिका लगिने र सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने आयोगले जनाएको छ । कुनै अप्ठेरो अवस्था नआइलागेमा आजै साँझसम्म मतपरिणाम आइसक्ने पनि आयोगले जनाएको छ ।

आगामी फागुन २० गते नेकपा ९एमाले०का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ०४ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र