११ कार्तिक २०८३, बुधबार | October 28, 2026

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेस-एमालेका उम्मेदवार विजयी



बुटवल । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका साझा उम्मेदवारहरू विजयी भएका छन् ।

आइतबार तीन पदका लागि भएको निर्वाचनमा खुलातर्फ चन्द्रबहादुर केसी, महिलातर्फ रामकुमारी झाँक्री र अपाङ्गता/अशक्ततर्फ वासुदेव घिमिरे (जंगली) विजयी भएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् ।

विजयी उम्मेदवारहरूमध्ये चन्द्रबहादुर केसी र वासुदेव घिमिरे नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए भने महिलातर्फकी रामकुमारी झाँक्री नेकपा (एमाले) की उम्मेदवार हुन् । गठबन्धनको साझा रणनीतिअनुसार तीनै उम्मेदवारलाई अघि सारिएको थियो ।

निर्वाचनमा कुल ३०० मतदाता रहेकामा २८६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख/अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहेका थिए ।

लुम्बिनी प्रदेशबाट हाल नेकपा (एमाले)का गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे तथा नेकपा (माओवादी केन्द्र)का जगप्रसाद शर्मा ‘अपार’ राष्ट्रियसभा सदस्य रहेका छन् । उनीहरूको पदावधि आउँदो फागुन २० गते सकिँदैछ ।

नवनिर्वाचित सदस्यहरूले उक्त मितिपछि राष्ट्रियसभामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : २६ बजे

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२