११ कार्तिक २०८३, बुधबार | October 28, 2026

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिनी प्रदेशमा जनप्रतिनिधिकै मत बदर



दाङ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ ।

प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गरेकामा छ मत बदर भएको थियो । यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मध्ये २०८ जना प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए । जसमा १० मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

यसरी लुम्बिनी प्रदेशअन्तर्गतको प्रदेश सदस्य तथा स्थानीय सरकारका प्रमुख पदाधिकारी मतदाता रहेको उक्त निर्वाचनमा १६ मत बदर भएसँगै यहाँस्थित राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । यसै सन्दर्भमा प्रमुख राजनीतिक पार्टीका प्रदेश तथा स्थानीय तहका नेताहरूले १६ मत बदर भएको घटनालाई सामान्य रुपमा लिन नहुने बताउँदै निर्वाचनको मत परिणामलाई सुक्ष्म रुपमा विश्लेषण गरी निष्कर्षमा पुगेर सोहीअनुसार धारणा बनाउने बताएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ५ : ४७ बजे

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२