३० चैत्र २०८२, सोमबार | April 13, 2026

सोमालियाली फौजद्वार गरिएको कारबाहीमा २० विद्रोहीको मृत्यु



मोगादिशु । सोमालियाली राष्ट्रिय सेना (एसएनए) ले बुधबार सोमालियाको मध्य भागमा रहेको धुसामुरेब शहर नजिकै विद्रोहीविरुद्ध शक्ति परिचालन गरेपछि २० अल-शाबाब आतंकवादीको मृत्यु भएको सेनाले बताएको छ ।

सेनाले विद्रोही विरूद्धको कारबाही सफल भएको दावी गर्दै दर्जनौ हतियार सुरक्षा नियन्त्रणमा लिएको जनाएको छ ।

सैनिक प्रमुख कमान्डर ओडोवा युसुफ रेजले सोमालियाली नेशनल न्यूज एजेन्सीलाई बताएअनुसार विद्राहीले शहरमा आक्रमण गर्ने योजनासहित आएको र उनीहरूबाट सेनाले विस्फोटक पदार्थसहित केही हतियारसम्बन्धी उपकरणहरू फेला पारेको छ ।

रेजले भने, “एसएनए फौजले बुधबार बिहान धुसामुरेब शहर नजिकै सैन्य परिचालनको दौडानमा २० अल-शाबाब विद्रोहीको मृत्यु भएको छ । कारबाहीमा केही महत्वपूर्ण विस्फोटक पदार्थ र हतियारसम्बन्धी उपकरण बरामद गरेको छ ।”

यस हप्ता सेनाले यस क्षेत्रमा आक्रमण गर्ने विद्रोहीको योजना असफल पारेको यो दोस्रो पटक हो । रेजले भने, “सेनाहरूले तिनीहरूलाई त्यस इलाकाबाट बाहिर नलगेसम्म खेद्नेछ ।”

देशमा संघीय संसदको सदन केही सीटका लागि निर्वाचन गर्न लागिरहेको समय विद्रोही समूहमाथिको यो पछिल्लो आक्रमण हो ।

यो कदम मध्य र दक्षिणी क्षेत्रहरूमा अल-शबाब कट्टरपन्थीहरूविरुद्ध सोमालियाली सेनाहरूको तीव्र परिचालनबीच आएको छ जहाँ विद्रोहीहरूले अझै पनि ग्रामीण क्षेत्रहरूमा लुकेर र एम्बुस थापेर सुरक्षाकर्मीविरूद्ध आक्रमण जारी राखेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : ०३ बजे

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको