३ पुस २०८२, बिहिबार | December 18, 2025

सोमालियाली फौजद्वार गरिएको कारबाहीमा २० विद्रोहीको मृत्यु



मोगादिशु । सोमालियाली राष्ट्रिय सेना (एसएनए) ले बुधबार सोमालियाको मध्य भागमा रहेको धुसामुरेब शहर नजिकै विद्रोहीविरुद्ध शक्ति परिचालन गरेपछि २० अल-शाबाब आतंकवादीको मृत्यु भएको सेनाले बताएको छ ।

सेनाले विद्रोही विरूद्धको कारबाही सफल भएको दावी गर्दै दर्जनौ हतियार सुरक्षा नियन्त्रणमा लिएको जनाएको छ ।

सैनिक प्रमुख कमान्डर ओडोवा युसुफ रेजले सोमालियाली नेशनल न्यूज एजेन्सीलाई बताएअनुसार विद्राहीले शहरमा आक्रमण गर्ने योजनासहित आएको र उनीहरूबाट सेनाले विस्फोटक पदार्थसहित केही हतियारसम्बन्धी उपकरणहरू फेला पारेको छ ।

रेजले भने, “एसएनए फौजले बुधबार बिहान धुसामुरेब शहर नजिकै सैन्य परिचालनको दौडानमा २० अल-शाबाब विद्रोहीको मृत्यु भएको छ । कारबाहीमा केही महत्वपूर्ण विस्फोटक पदार्थ र हतियारसम्बन्धी उपकरण बरामद गरेको छ ।”

यस हप्ता सेनाले यस क्षेत्रमा आक्रमण गर्ने विद्रोहीको योजना असफल पारेको यो दोस्रो पटक हो । रेजले भने, “सेनाहरूले तिनीहरूलाई त्यस इलाकाबाट बाहिर नलगेसम्म खेद्नेछ ।”

देशमा संघीय संसदको सदन केही सीटका लागि निर्वाचन गर्न लागिरहेको समय विद्रोही समूहमाथिको यो पछिल्लो आक्रमण हो ।

यो कदम मध्य र दक्षिणी क्षेत्रहरूमा अल-शबाब कट्टरपन्थीहरूविरुद्ध सोमालियाली सेनाहरूको तीव्र परिचालनबीच आएको छ जहाँ विद्रोहीहरूले अझै पनि ग्रामीण क्षेत्रहरूमा लुकेर र एम्बुस थापेर सुरक्षाकर्मीविरूद्ध आक्रमण जारी राखेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : ०३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल