१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

खेलको महाकुम्भ ‘बेइजिङ ओलम्पिक’ केही दिनमा सुरु हुँदै, राष्ट्रपति भण्डारीले पठाइन शुभकामना सन्देश



काठमाडौं । खेलको महाकुम्भ मानिने ओलम्पिकको हिउँदे संस्करण चीनको राजधानी बेइजिङमा अबको केही दिनमा सुरु हुँदैछ ।

फेब्रुअरी ४ तारिखबाट सुरु हुन लागेको बेइजिङ विन्टर ओलम्पिकमा भाग लिन विश्वका कैयौं देशका खेलाडी र अफिसरहरु बेइजिङ पुग्नेक्रम जारी छ । कोरोना भाइरसको महामारीका बीच हुनलागेको खेललाई स्वास्थ्य मापदण्डअनुसार रहेर भव्य रुपमा सम्पन्न गर्न चीनले सबै तयारी पुरा गरेको छ । खेलाडी र अफिसरहरुलाई विशेष बबल विमानमार्फत चीन पुर्याइएको छ ।

ओलम्पिकको हिउँदे संस्करण ग्रिष्मकालीन संस्करण जस्तो नहुने भएपनि चीनका लागि यो खेलको महाकुभ्भ आफ्नो विकास, प्रविधि र सभ्यताको प्रदर्शन गर्ने अवसरको रुपमा देखिएको छ । अझ, विश्वको कुनै पनि एक शहरमा दुई वटै ओलम्पिक हुन लागेको पहिलो पटक हो । सन् २००८ मा चीनले ऐतिहासिक र भव्य रुपमा ग्रिष्मकालीन ओलम्पिकको आयोजना गरेर संसारको ध्यानआकृष्ट गरेको थियो । अहिले अमेरिका लगायत कतिपय पश्चिमा मुलुकहरुले चीनको विकास र सभ्यता विरुद्ध मोर्चावन्दी गरे पनि महामारीको बीचमा हिउँदे ओलम्पिकलाई भव्य बनाएर पुनः संसारसामु आफ्नो भव्यता प्रदर्शन गर्न चीन मरिमेटेर लागेको छ ।

हुन त पश्चिमा मुलुकहरुले खेललाई राजनीतिकरण गरेको पहिलो पटक होइन । तत्कालिन सोभियत संघ विरुद्ध शीत युद्धको नेतृत्व गरेको अमेरिका र उसको धुरीका देशहरुले सन् १९८० मा सोभियत संघमा भएको ओलम्पिक खेल बहिस्कार गरेर खेलमा राजनीतिकरण गरेका थिए । अहिले पनि अमेरिका र उसको धुरीमा रहेका बेलायत, क्यानडा, अष्ट्रेलिया र जापान जस्ता देशले बेइजिङ ओलम्पिकमा कुटनीतिक बहिस्कारको नाममा राजनीतिकरण गरेका छन् । यद्यपी, पश्चिमा धुरीकै कैयौं देशले बेइजिङ ओलम्पिक बहिस्कारको अमेरिकी आह्वानलाई अस्वीकार गरेर चीनलाई एक्ल्याउने अमेरिकी योजनामा चिसो पानी खन्याइदिएका छन् । स्वयं अमेरिका लगायत बहिस्कारमा संलग्न देशका खेलाडी भने ओलम्पिक खेल्न बेइजिङ पुग्ने क्रम जारी छ । चीनलाई एक्ल्याउन ओलम्पिकको कुटनीतिक बहिस्कारको विश्वव्यापी आह्वान गरेको अमेरिका स्वयंका दुई दर्जन भन्दा बढी कुटनीतिज्ञहरुले नै चिनियाँ दूतावासमा भिसाका लागि आवेदन दिएका थिए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदलाई राजनीतिसँग जोड्न नहुने बताउँछन् । श्रेष्ठले चीनले विन्टर ओलम्पिक २०२२ लाई भव्यताका साथ सम्पन्न गर्ने आशा पनि व्यक्त गरेका छन् । ‘ओलम्पिक खेल विश्वकै सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हो । खेलाडीहरु आफ्नो जिन्दगीको सपना लिएर यो मञ्चमा आएका हुन्छन् । ओलम्पिक खेलसँग आफ्नो सिद्धान्त हुनछ । सबैले ओलम्पिकको बडापत्र अनुसार कार्यान्वयन गर्नुपर्छ’, श्रेष्ठले चिनियाँ समाचार संस्थासँग कुरा गर्दै भनेका छन्, ‘खेलकुद र राजनीतिक एकै ठाउँमा राखेर वा जोडेर हेर्नै मिल्दैन । खेलकुदमा राजनीतिक मुद्दा मिसाउँदा ओलम्पिकको सिद्धान्तसँग मेल खाँदैन ।’

श्रेष्ठले विगतको स्मरण गर्दा चीनले कोरोना भाइरसको नियन्त्रण र उपचारमा ठूलो उपलब्धी हासिल गरेरको बताउँदै बेइजिङ ओलम्पिक आयोजनामा समेत ठूलो सफलता हासिल गर्नसक्ने आशा व्यक्त गरे ।

नेपालले ओलम्पिक खेलमा सहभागिता जनाउँदै आएको छ । राम्रो प्रदर्शन गर्न नसके पनि नेपाली खेलाडी र अफिसरहरु ओलम्पिकमा सहभागी बन्दै आएका छन् । तर यसपटक नेपाल बेइजिङ ओलम्पिकमा सहभागी नहुने भएको छ । बेइजिङ ओलम्पिकका खेलमा नेपाल छनौटमा पर्न नसकेका कारण सहभागिता हुन नसकेको हो । कोरोना महामारीका कारण चीनसँग सीधा हवाई सम्पर्क नभएका कारण समेत नेपाल ओलम्पिक कमिटीका अफिसरहरुको सहभागिता नहुने बताइएको छ ।

खेलमा सहभागी हुन नसके पनि नेपालले कुटनीतिक सहभागिता जनाउने गरेको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बेइजिङ ओलम्पिकको उद्घाटन सत्रमा समेत नेपालको सहभागिता नहुने भएको छ । सन् २००८ को ओलम्पिकको समापनमा नेपालबाट तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका थिए ।

परराष्ट्र स्रोतका अनुसार कोरोना महामारीकै कारण चीनले सीमित डेलिगेट्सहरुलाई मात्र निम्ता गरेको छ । नेपालले औपचारिक रुपमा सहभागीता नजनाएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपनि सी चिङफिङलाई ओलम्पिक सफलताको शुभकामना सन्देश पठाएकी छिन् । परराष्ट्र मन्त्रालयमार्फत अघिल्लो हप्ता नै राष्ट्रपति भण्डारीको शुभकामना सन्देश चीनलाई पठाइएको हो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : १९ बजे

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना