१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

नेपालविरुद्ध मौरिसस : ‘सजिलो पे’ले टिकट बेच्ने, यस्ताे छ टिकटदर



काठमाडौं । नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट ‘सजिलो पे’ले बेच्ने भएको छ । शनिबार र मंगलबार दशरथ रंगशालामा साँझ पौने ५ बजे हुने खेलका लागि टिकट ‘सजिलो पे’बाट पाइने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलको टिकट दर भिआइपीतर्फ १ हजार र सामान्य तर्फ ५ सय तोकेको छ । रंगशालामा कूल क्षमताको ३३ प्रतिशत मात्रै दर्शकले प्रवेश पाउनेछन् ।

प्रतियोगिताका लागि माैरिससको टिम नेपाल आइसकेको छ भने नेपाली टिमसमेत घोषणा भइसकेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई मैत्रीपूर्ण खेलमा लागि दुई टोली घोषणा गर्दै प्रारम्भिक छनोटमा आएका ३४ खेलाडी नै टोलीमा समावेश गरेका छन् ।

यस क्रममा उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान बनाएका नौ खेलाडीलाई नै राष्ट्रिय टोलीमा समावेश गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले जावलाखेल युथबाट खेल्दै आएका गोलरक्षक टिकेन्द्र थापा, नेपाल पुलिसबाट खेलेका गोलरक्षक शत्रुघन चौधरीसहित सातदोबाटोबाट खेलिरहेका मिडफिल्डरहरू सुदीप गुरुङ, आकाश बुढामगर, सुशील राई र फरवार्ड प्रशान्त अवस्थीलाई टोलीमा समेटेका हुन् ।

न्यरोड टिम एनआरटीका रक्षक नविन गुरुङ र फरवार्ड कृतिश रत्न छुन्जुले टोलीमा स्थान बनाउँदा च्यासलका मिडफिल्डर आशिष राईले टोलीमा स्थान पाए ।

यी नौ खेलाडीलाई भने प्रशिक्षक अब्दुल्लाहले दुवै टोलीमा समावेश गराएका छन् । प्रशिक्षक अब्दुल्लाहले जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, सुभाष गुरुङ, एरिक विष्ट र देवेन्द्र तामाङलाई राष्ट्रिय टोलीमा पुनरागमन गराएका छन्।

पुनरागमन गरेका विमल घर्तीमगर र देवेन्द्र तामाङले मात्र दुवै टोलीमा स्थान पाएका छन्। चोटका कारण स्वास्थ्य लाभ गर्ने प्रयासमा रहेका अनन्त तामाङ भने एक मात्र टिममा छन् ।

दुवै टोलीमा १२ खेलाडीले स्थान पाएका छन् । जसमा कप्तान किरणदेखि अन्जन विष्ट र विमल घर्तीमगर छन् ।

पहिलो खेलको टिमः

गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान), दीप कार्की, टिकेन्द्रसिंह थापा

डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी,

मिडफिल्डरः सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, जगजित श्रेष्ठ अन्जन विष्ट, सुनिल बल, नितीन थापा, आकाश बुढा मगर

स्ट्राइकरः दर्शक गुरुङ, विमल घर्ती मगर, कृतिश रत्न छुन्जु, आशिष लामा

दोस्रो खेलको टिमः

गोलरक्षकः किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, सत्रुघन चौधरी

डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, अनन्त तामाङ, नविन गुरुङ,

मिडफिल्डरः सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन विष्ट, आशिष लामा, आशिस राई, एरिक विष्ट, सन्तोष तामाङ

स्ट्राइकरः विमल घर्ति मगर, सुशिल राई, प्रशान्त अवस्थी

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : ४१ बजे

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी