१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मौरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी



काठमाडौं । अफ्रिकी राष्ट्र मौरिससविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले १-०को जित निकालेको हो ।

नेपालका लागि विमल घर्तीमगरले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपालका लागि बिमलले नवौँ मिनेटमा गरेको प्रहार मौरिससका गोलकिपर केभिनलाई छक्याउँदै गोलमा परिणत भएको हो ।

पहिलो हाफमा सुमन लामा र अञ्जान बिष्टका प्रहार गोलमा परिणत हुन नसकेपछि नेपाली टिमका लागि मौका गुमेको थियो । उता मौरिससले पनि नेपालबिरुद्ध खेल बराबरी गर्ने कयौँ प्रयास गरे पनि सफल हुन सकेन ।

सेप्टेम्बरमा भारतसँग घरेलु मैदानमा पराजय व्यहोरेको नेपालले मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित हात पारेको हो ।

कोभिड-१९ महामारीका कारण एक तिहाइ दर्शकहरुलाई मात्र दशरथ रंगशालामा प्रवेश दिइएको थियो भने सबैलाई अनिवार्य मास्क लगाउन भनिएको थियो ।

मौरिससबिरुद्ध घरेलु मैदानमा नेपाली टिमले मंगलबार अर्को खेल खेल्दैछ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : ४८ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना