१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाल राष्ट्र बैंकले १० करोड रकम ब्याजमा लागानी गर्दै (सूचनासहित)



काठमाडौं । बाणिज्य बैंकहरुमा तरलताका कारण लगानी गर्ने अवस्था समेत नभएको अवस्थामा नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्न थालेको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न थालेको हो ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई बिभिन्न सर्तहरु सहित निक्षेपका लागि दरखास्त आह्वान गरेको छ ।

राष्ट्र बैंकको सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुमा राखिने, १ करोड ५७ लाख रुपैयाँ विकास बैंकमा राखिने छ भने ५२ लाख रुपैयाँ वित्त कम्पनीहरुले लिन पाउने भएका छन् ।

उक्त निक्षेप २०७८ फागुन २ गतेदेखि आगामी वर्ष २०७९ फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।

निक्षेप प्राप्त गर्नका लागि भने इच्छुक बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने र निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने सर्त राखेको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/01/Lagani_Notice_2078.10.14.pdf”]

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १ : २५ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका