१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज



काठमाडौं । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ । खेल आज ४ बजेर ४५ मिनेटमा दशरथ रंगशालामा हुने छ । खेलमा दर्शकले मैदान प्रवेशको अनमुति पाउने छन् ।

सरकारले जारी गरेको स्वास्थ्य मादण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दोस्रो खेल माघ १८ गते हुने तय भएको छ । एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रतिव्यक्ति ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँको टिकटको व्यवस्था गरेको छ ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मरिससविरुद्ध खेल अनुभव बटुल्ने अवसर भएको बताएका छन् । दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अघि शुक्रबार आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै चेम्जोङले मरिसविरुद्धको खेललाई केही कुरा सिक्ने र अनुभव बटुल्ने अवसरको रुपमा लिएको बताए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि दुई अलगअलग टोलीको घोषणा बुधबार नै गरेका थिए । किरणसहित १२ खेलाडी दुवै टोलीमा छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यसअघि नै मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका थिए ।  सधैं झै हरेक खेलमा जित हात पारे खेलाडीहरु प्रशंसाको हकदार हुनेछन् । हारे त्यसको दोष केवल ममाथि मात्रै हुनेछ । हाम्रो उदेश्य भनेको खेलाडीहरुमाथि कुनै प्रकारको क्रुरता नदेखाइयोस्,’ अल्मुताइरीले भनेका थिए । मरिससमा प्रशिक्षक टोनी फ्रान्कोइसले धेरैपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको बताउँदै राम्रो प्रदर्शन गर्ने बताए ।

‘४५ दिनको मात्र तयारी गरेका छौं । हाम्रो चार खेलाडी कोरोना संक्रमित भएर आइसोलेशनमा हुँदा अलिक फरक पर्छ । तर, नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने छौं,’ उनले भने । गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीले आगामी जुन महिनामा एसिया कप छनोटको तेस्रो चरण खेल्दैछ । त्यसको तयारीस्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिगलाई बीचमै रोकेर दुई मैत्रिपूर्ण खेल आयोजना गरेको हो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ४१ बजे

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने