१ पुस २०८२, मंगलबार | December 16, 2025

हिमपातमै बुस्टर खोप



लमजुङ । हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड(१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार प्राथमिकतामा पर्ने सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, विभिन्न बिरामी साथै अन्य सर्वसाधारणलाई पनि बुस्टर खोप लगाउन थालिएको छ ।

आचार्यका अनुसार प्राथमिकतामा पर्ने सँगै अन्य नागरिकलाई पनि बुस्टर खोप लगाउन थालिएको हो । मनाङमा १८ वर्षभन्दा माथिका सबैले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन । पहिलो र दोस्रो खोपको मात्राको खोप लगाइसकेका ४ हजार ३ सय ९९ जना रहेको उनले बताए ।

उनका अनुसार यसअघि चामे गाउँपालिकामा बुस्टर खोप लगाउन सुरु गरिएकोमा तल्लो क्षेत्रको नासों गाउँपालिकामा आइतबारदेखि बुस्टर खोप लगाउन थालिएको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा माघ २० बाट लगाउने तयारी छ ।

नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबैजना काठमाडौं, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम तयार भएको छ । मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । ०७७ माघ महिनामा १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लामा कोरोनाको खोपलाई प्राथमिकतामा राखिएको बताए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : १६ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि