१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा पुन: सुरु



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

स्थानीय निर्वाचनबारे छलफल गर्न आज (शनिबार) बिहान पनि गठबन्धनको बैठक बसेको थियो । तर उक्त बैठक कुनै निष्कर्षमा नपुगी अपराह्न पुनः बस्नेगरी टुंगिएको थियो ।

स्थानीय निर्वाचनबारे गठबन्धनभित्रका दलहरूबीच रहेको मतभेद हटाई साझा धारणा बनाउन भन्दै आज बिहान बसेको बैठक आवश्यक तयारी गरेर फेरि बैठक बस्नेगरी टुंगिएको थियो ।

बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उपस्थिति छ ।

आजको दोस्रो बैठक बस्नुअघि सत्तारुढ गठबन्धनले कानुनविद्हरुसँग परामर्श गरेको जनाइएको छ । अहिलेको बैठकले स्थानीय निर्वाचनबारे गठबन्धनभित्रका दलहरूबीच साझा धारणा तय गर्ने बताइएको छ ।

गठबन्धनले यसअघि पनि कानुनविद्हरूसँग परामर्श गरेको थियो । त्यसबेला विज्ञहरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधानबमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

निर्वाचन आयोगले भने वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : १६ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल