२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा पुन: सुरु



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

स्थानीय निर्वाचनबारे छलफल गर्न आज (शनिबार) बिहान पनि गठबन्धनको बैठक बसेको थियो । तर उक्त बैठक कुनै निष्कर्षमा नपुगी अपराह्न पुनः बस्नेगरी टुंगिएको थियो ।

स्थानीय निर्वाचनबारे गठबन्धनभित्रका दलहरूबीच रहेको मतभेद हटाई साझा धारणा बनाउन भन्दै आज बिहान बसेको बैठक आवश्यक तयारी गरेर फेरि बैठक बस्नेगरी टुंगिएको थियो ।

बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उपस्थिति छ ।

आजको दोस्रो बैठक बस्नुअघि सत्तारुढ गठबन्धनले कानुनविद्हरुसँग परामर्श गरेको जनाइएको छ । अहिलेको बैठकले स्थानीय निर्वाचनबारे गठबन्धनभित्रका दलहरूबीच साझा धारणा तय गर्ने बताइएको छ ।

गठबन्धनले यसअघि पनि कानुनविद्हरूसँग परामर्श गरेको थियो । त्यसबेला विज्ञहरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधानबमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

निर्वाचन आयोगले भने वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : १६ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने