१५ माघ २०८२, बिहिबार | January 29, 2026

चीन-रुस मिलेर चन्द्रमामा ‘रिसर्च सेन्टर’ बनाउँदै, अमेरिकालाई चिन्ता



काठमाडौं । केही समयअघिसम्म विभिन्न राष्ट्रबीच चन्द्रमामा पाइला कसले राख्ने भन्नेबारे प्रतिस्पर्धा थियो । तर अब चन्द्रमामा विभिन्न निर्माण कार्य गर्नेमा तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।

अमेरिका र चीनबीच चन्द्रमाको विषयमा ठूलो तँछाडमछाड चल्न थालेको छ । हालै चीनले आफू र रुस मिलेर चन्द्रमामा २०३५ सम्ममा एक रिसर्च सेन्टर निर्माण गर्ने बताएको छ ।

चीनको घोषणाले सबैभन्दा बढी अमेरिकाको टाउको दुखेको छ । चीनले घोषणा गरेको रिसर्च सेन्टरले अमेरिकी स्पेस एजेन्सी नासालाई टक्कर दिने बताइएको छ । चीनको स्पेस एजेन्सी चाइना नेसनल स्पेस एड्मिनिस्टे«सन (सीएनएसए)का अधिकारीहरूले शुक्रबार इन्टरनेसनल लुनर रिसर्च स्टेसन (आईएलआरएस) निर्माण गर्ने योजनाको पुष्टि गरेका हुन् ।

सीएनएसएका उपनिर्देशक वु यानहुआले पेइचिङमा मिडियासँग भने, ‘रुस र चीनको लक्ष्य २०३५ सम्म आईएलआरएसको सम्पूर्ण ढाँचाको निर्माण गरिसक्नु रहेको छ ।’

आईएलआरएसले नासाको लुनर गेटवेलाई टक्कर दिने बताइएको छ, जसलाई अमेरिकी अन्तरिक्ष एजेन्सीको आगामी अर्टेमिस प्रोग्राममा महत्वपूर्ण भूमिका निर्वाह गर्न तयार राखिएको छ । तथापि, नासाको लुनर गेटवेले केवल चन्द्रमाको परिक्रमा गर्नेछ, आईएलआरएसले परिक्रमाका साथै चन्द्रमो सतहमा अन्य खोजीसमेत गर्नेछ ।

ब्लुमबर्ग क्विन्टको रिपोर्टमुताबिक, रुस र चीनको आगामी लक्ष्य चन्द्रमामा अन्य निर्माणसमेत गर्ने रहेको छ, जसमा ऊर्जा, सञ्चार तथा लाइफ सपोर्टिङ सिस्टमसमेत सामेल छ ।

अन्य देश पनि सहभागी हुन सक्ने

आईएलआरएसको ढोका अन्य देशका लागि पनि खुला रहेको बताइएको छ । यानहुआले भने, ‘हामी अन्तर्राष्ट्रिय सहयोगीहरूको व्यापक सहभागिताको स्वागत गर्दछौं ।’

यो परियोजना मार्च २०२१ मा रुस र चीनबीच भएको एक सम्झौताबाट सुरु भएको थियो । यसअघि रुसले नासाको गेटवे प्रोग्राममा सहभागी हुने इच्छा देखएको थियो । २०१७ मा रुसको स्पेस एजेन्सी रोस्कोस्मोस र नासाले संयुक्त ज्ञापनपत्र पनि प्रकाशित गरेका थिए । तर पछि जनवरी २०२१ मा रुसले नासासँग सहकार्य नगर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ४ : ५१ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।