४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिजनमै चिनीमा कालोबजारी, किलोकै १ सय रुपैयाँ



काठमाडौं । सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् । व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।

उन्पादन हुने सिजन र अत्यधिक माग नहुने समयमा समेत चिनीको मूल्य प्रतिकिलो एक सयबाट नघटेपछि उपभोक्ता अधिकारकर्मी र उपभोक्ताले यसलाई सामान्य रूपमा लिएका छैनन् । सरकारका उच्च कर्मचारी र उद्योगी व्यवसायीको मिलेमतोमा चिनीमा मनलाग्दी मूल्य लिने गरिएको हो ।

चालू आर्थिक वर्षमा सरकारले साल्ट टे«डिङ कर्पोरेसनलाई चिनी आयातका लागि अनुमति नदिएकाले पनि व्यापारीको मनपरी बढेको उपभोक्ताकर्मीको भनाइ छ ।

साल्ट टे«डिङसँग चिनी नभएकै कारण व्यापारीले विभिन्न बहानामा चिनी उत्पादन हुने सिजनमै प्रतिकिलो १ सय रुपैयाँ लिन थालेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । सरकारकै निर्देशनमा सीमित व्यापारीहरूको मिलेमतोमा चिनीमा मनपरी मूल्य लिने काम भएको अध्यक्ष बानियाँको भनाइ छ ।

‘अहिले चिनी उत्पादन हुने सिजन हो, यही सिजनमा किलोकै १ सय रुपैयाँ लिनु भनेको त अचाक्ली नै हो,’ उपभोक्ताकर्मी बानियाँले भने, ‘आफ्नै आँखा अगाडि कालोबजारी भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको झन लाजमर्दो हो । बजार अनुगमन गरी मूल्य नियन्त्रणमा लिनुपर्ने सरकार किन कानमा तेल हालेर बसेको छ, बुझिनसक्नु छ ।’ आजको राजधानी दैनिकमा कौशिला कुँवरले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको