१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

मोबाइल चोरीको आरोपमा पाँच युवक पक्राउ



बारा । पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको छ ।

बाराको प्रसौनी गाउँपालिका-१ प्रसौनी टोलका २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र २३ वर्षीय रम्तुलाह अंसारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले बताए ।

प्रसौनी गाउँपालिका-२ स्थित शुभश्री मोबाइल पसल फुटाई पसलमा रहेका विभिन्न कम्पनीका मोबाइल चोरी भएको थियो । प्रहरीले खानतलासी गर्दा प्रसौनी गाउँपालिका-१ मा विशाल मुखियाको घरमा तीनवटा झोलामा लुकाई राखेको मोबाइल फेला परेको थापाले बताए ।

जसमा विभिन्न किसिमका मोबाइल सेट ९४ वटा, ब्याट्री, चार्जर, राउटर तथा सोही घरको पहिलो तल्लाको कोठामा भेटिएका थिए ।

पक्राउ परेका पाँचै जनालाई डाँका चोरी मुद्दामा जिल्ला अदालतबाट पहिलोपटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ४९ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

कांग्रेस एकताका लागि महामन्त्री पौडेलको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम