४ पुस २०८२, शुक्रबार | December 20, 2025

मोबाइल चोरीको आरोपमा पाँच युवक पक्राउ



बारा । पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको छ ।

बाराको प्रसौनी गाउँपालिका-१ प्रसौनी टोलका २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र २३ वर्षीय रम्तुलाह अंसारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले बताए ।

प्रसौनी गाउँपालिका-२ स्थित शुभश्री मोबाइल पसल फुटाई पसलमा रहेका विभिन्न कम्पनीका मोबाइल चोरी भएको थियो । प्रहरीले खानतलासी गर्दा प्रसौनी गाउँपालिका-१ मा विशाल मुखियाको घरमा तीनवटा झोलामा लुकाई राखेको मोबाइल फेला परेको थापाले बताए ।

जसमा विभिन्न किसिमका मोबाइल सेट ९४ वटा, ब्याट्री, चार्जर, राउटर तथा सोही घरको पहिलो तल्लाको कोठामा भेटिएका थिए ।

पक्राउ परेका पाँचै जनालाई डाँका चोरी मुद्दामा जिल्ला अदालतबाट पहिलोपटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको