६ बैशाख २०८१, बिहिबार | April 18, 2024

भारतका श्रीनिवास नेपाली क्रिकेट टिमका फिल्डिङ कन्सल्ट्यान्ट



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारतका रघुराम श्रीनिवासलाई नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्यानले सोमबार श्रीनिवासलाई आईसीसी टी(२० विश्वकप छनोटका लागि फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा जोडिएको जनाएको हो ।

श्रीनिवासले अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् ।

श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए ।

‘प्रशिक्षक श्रीनिवासले अमेरिकामा मसँगै काम गरेका छन् । उहाँ उर्जावान फिल्डिङ प्रशिक्षक हुनुहुन्छ,’ पुबुदुले भने ।

नेपाली टोली ओमानमा आयोजना हुने प्रतियोगिताको लागि तयारीमा छ । नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो पटक खेल्दै छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १२ : २१ बजे

बुटवलमा भोलि जितगढी उत्सव मनाइँदै, यस्तो छ युद्ध इतिहास

बुटवल । बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ

अन्योलताका बीच कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर । कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना