२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित



काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा ८१ रनको प्रभावशाली जित हासिल गरेको छ ।

जर्सी भ्रमणमा रहेको नेपाली टोलीले दिएको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमै १६९ रनमा अलआउट भयो । जर्सीका चार्ली ब्रेननले ८२ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसक्दा जर्सी ठूलो अन्तरले पराजित हुन पुग्यो ।

नेपालका लागि हेमन्त धामीले घातक बलिङ गर्दै ४ विकेट लिए । आरिफ शेखले ३ विकेट हात पार्दा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५० रन बनाएको थियो । नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेलले १०५ रनको शानदार शतकीय पारी खेले । भीम सार्कीले ३९ रन योगदान गर्दा हेमन्त धामीले अविजित १९ रन जोडे ।

त्यस्तै आसिफ शेखले १६, कप्तान रोहित पौडेलले १५, आरिफ शेखले ११ तथा ईशान पाण्डेले १ रन बनाए ।

जितसँगै नेपालले दुई खेलको एकदिवसीय शृंखलामा १-० को अग्रता बनाएको छ । नेपाल र जर्सीबीचको दोस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ७ : ५१ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट