६ पुस २०८२, आइतबार | December 21, 2025

सूचना नदिएको भन्दै खजुरा वडा नम्बर ८ कार्यालयमा तालाबन्दी



खजुरा । माग भए अनुसार समयमा सूचना नदिएको भन्दै खजुरा गाँउपालिकाको वडा नम्बर ८ को वडा कार्यालयमा स्थानीयले ताला लगाइदिएका छन् । वडा कार्यालयले गरेको गतिबिधिको जानकारी माग गर्दै सूचना प्राप्त गर्न दिएको निवेदनको बेवास्ता गरिएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीयले बताएका छन् ।

ग्रामीण आवास कार्यक्रम, वडाले गरेको खर्च तथा हिमपाईप, बिजुली पोल लगायतको खर्च विवरण माग गर्दै स्थानीय नागरिकहरुको तर्फबाट सूचना माग गरेपनि वडा कार्यालयले सूचना दिन आनाकानी गरेको स्थानीय नारायण पौडेलले बताए ।

वडा नम्बर ८ का वडा अध्यक्ष फिरोज खानले भने वडाले गरेका सबै क्रियाकलापहरु वडा कार्यालयको सूचनापाटीमा टाँस गरिएको तर स्थानीयबाटै त्यस्ता सूचनाहरु च्यात्ने काम गरिएका कारण कतिपय स्थानीय सूचना पाउनबाट बन्चित भएको बताए । उनले पालिकाको कुनै भूमिका नरहेको ग्रामीण आवासका विषयमा पटक पटक सूचना माग गरिएको र सो सम्बन्धमा वडा कार्यालयलाई जानकारी नहुने बताए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ४ : ४४ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा