७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

गोठाटारको अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति क्षेत्र विकास कोषको निर्देशन



काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका-८ गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ ।

जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ ।

‘केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेकाे पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी अतिक्रमण गरी बसेका व्यक्तिले छाप्रा नहटाएकाे पाइएकाले याे सूचना प्रकाशित भएकाे १५ दिनभित्र आफैले भत्काइ लैजानु हाेला,’ सदस्यसचिव मिलनकुमार थापामार्फत जारी सूचनामा उल्लेख छ ।

अन्यथा काेष आफैले छाप्रा भत्काउने चेतावनी दिइएकाे छ ।

त्यहाँ रहेका टहरा २०७६ मै हटाउन खाेजिएकाे थियाे । त्यसका लागि ११ चैत २०७६ मा सार्वजनिक सूचना प्रकाशन भए पनि काेषले कदम चाल्न सकेकाे थिएन ।

 

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ३४ बजे

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज