१० श्रावण २०८१, बिहिबार | July 26, 2024

सिङ्गो बुटवल : एक विद्यालय अवधारणा लागू हुँदै



बुटवल । शिक्षाको केन्द्रलाई साकार पार्नेगरी बुटवल उपमहानगरले मुलुकमै नौलो अवधारणा ल्याएको छ । उपमहानगरका रहेका सबै विद्यालयको शैक्षिक गुणस्तर उकास्ने र सबैमा समान शिक्षा लागू गर्ने उद्देश्यले सिङ्गो बुटवल एक विद्यालयको नौलो अवधारणा ल्याइएको छ ।

यो अवधारणा अन्तर्गत अब सुगम वा दुर्गमका आधारमा, राम्रो र नराम्रो नतिजाका आधारमा, पोशाकका आधारमा, अब्बल र कामचलाउन शिक्षकका आधारमा कुनै पनि विद्यालयको शैक्षिक अवस्था कमजोर हुनेछैन ।

सबैमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको प्रबन्ध गर्दै, एकैखालको पोशाकको व्यवस्था गर्दै शैक्षिक गुणस्तर बृद्धिको अभियान सञ्चालन गरिनेछ । अब अब्बल शिक्षक कुनै एउटा मात्रै विद्यालयमा फूलटाइम होइन नगरका आवश्यक पर्ने सबै विद्यालयमा पुगेर उक्त विषयमा पठनपाठन गराउनुपर्ने छ । यसले शिक्षाको गुणस्तर विकासलाई प्रभावकारी बनाउने उपमहानगरका प्रमुख शिवराज सुवेदीको दाबी छ ।

यसैक्रममा बुटवलका सामुदायिक विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण भएका छन् । करीब एक करोड ५० हजार बराबरको लगानीमा विभिन्न विद्यालयहरुमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशालाको निर्माण गरिएको छ । भने कतिपय विद्यालयमा नयाँ भवन समेत निर्माण भएका छन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मूल्यांकनमा मुलुकमै प्रथम रहेको बुटवल उपमहानगरले यहाँका समुदायिक विद्यालयको शिक्षालाई ‘सिङ्गो बुटवल एक विद्यालय’ को अवधारणाका साथ नयाँ कार्यक्रम सुरु गरेको छ । सोही अवधारणा अन्तर्गत अहिले शैक्षिक गुणस्तर विकासका कार्यलाई अगाडि बढाइएको उपमहानगरका प्रमुख सुवेदीले बताए ।

शैक्षिक गुणस्तरको विकासबाटै दक्ष जनशक्ति उत्पादन हुने र दक्ष जनशक्तिबाटै सबल आर्थिक केन्द्र समुन्नत बुटवलको माध्यमबाट समृद्ध बुटवल निर्माणको लक्ष्य साकार पार्न सहज हुने प्रमुख सुवेदीको भनाइ छ ।

उपमहानगरका विभिन्न सामुदायिक विद्यालयहरुमा निर्माण भएका नयाँ भवन, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबहरुको विद्यालयहरुमा आयोजित संक्षिप्त समारोहबीच उपप्रमुख तथा अनुगमन समितिका संयोजक गुमादेवी आचार्यले उद्घाटन गरेकी छिन ।

शुभारम्भ समारोहमा बोल्दै उपप्रमुख आचार्यले व्यवहारिक, जीवनपयोगी र अब्बल शिक्षाका माध्यमबाट विभेदरहित समाज निर्माणमा जुट्ने जनशक्तिको उत्पादन हुने उल्लेख गरिन । ल्याब तथा प्रयोगशालाको प्रभावकारी सदुपयोग गर्दै नयाँ नयाँ आविष्कारका क्षेत्रमा पनि चासो बढाउन विद्यार्थीहरुलाई उनले सुझाव दिइन ।

नयाँ भवन र नयाँ प्रयोगशाला

बुटवल माविमा, कम्प्यूटर तथा सूचना प्रविधि व्यवस्थापनका लागि छ लाख ५० हजार, उजिरसिंह माविमा कम्प्युटर अर्थात् सूचना प्रविधि प्रयोगशालाका लागि उपमहानगर मार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको समेत गरी २५ लाख रुपैयाँ विनियोजन भएको थियो ।

लक्ष्मी मावि, नयाँगाउँ मावि. मोतिपुर मावि,.भवानी मावि., अमर माविमा विज्ञान प्रयोगशाला र कम्प्यूटर तथा सूचना प्रविधि व्यवस्थापन कक्ष सञ्चालन भएका छन् । यसका लागि प्रति विद्यालय छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको थियो । सोही कार्यक्रम अन्तर्गत निर्माण भएका प्रयोगशालाको उपमहानगरका उपप्रमुख आचार्यले उद्घाटन गरेकी हुन ।

यस्तै बुटवलकै जितेश्वरी माविमा नयाँ भवन समेत निर्माण भएको छ । ३० लाख बराबरको लगानीमा निर्माण भएको उक्त भवनको पनि हालै एक संक्षिप्त समारोहबीच उपप्रमुख आचार्यले उद्घाटन गरिन ।

बुटवल-१८ मा मोतिपुरमा रहेको अमर माविमा कम्प्युटर ल्याब, बुटवल-१८ मा रहेको भवानी माविमा कम्प्युटर ल्याब र दुई कोठे नयाँ भवन निर्माण भएका छन् भने, बुटवल-१७ मा रहेको मोतिपुर माविमा व्यवस्थित विज्ञान प्रयोगशाला अर्थात् साइन्स ल्याब निर्माण भएका छन् । यो यसक्षेत्रकै नमुना विद्यालय मानिन्छ । विज्ञान प्रयोगशालामा विज्ञान विषयका लागि आवश्यक पर्ने उपकरणको व्यवस्था गरिएको छ ।

यस्तै बुटवल-१२ स्थित नयाँगाउँ मावि र बुटवल-४ को लक्ष्मी माविसहित विभिन्न सातवटा माविमा प्रति विद्यालय छ लाख ५० हजार बराबरको लगानीमा विज्ञान तथा आइसीटी सूचना प्रविधि (कम्प्युटर) प्रयोगशाला निर्माण भएको उपमहानगरका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले जानकारी दिए ।

यसका साथै विभिन्न सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र अन्य विभिन्न कार्यक्रम अन्तर्गत नयाँ भवन निर्माण, विस्तार र ल्याब निर्माण भएका छन् । बुटवल जितेश्वरी माविमा ३० लाख बजेटमा नयाँ भवन निर्माण भएको छ । उक्त विद्यालयमा नयाँ ल्याब पनि निर्माण भएको छ ।

उजिरसिंह माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत करिब २५ लाख बराबरको लगानीमा कम्प्यूटर प्रयोगशाला निर्माण भएको शाखा प्रमुख पन्थीको भनाइ छ ।

मोतिपुर माविमा बिज्ञान प्रयोगशाला

बुटवल उपमहानगरपालिका वडा नं. १७ मा रहेको मोतिपुर माध्यमिक विद्यालयमा बिज्ञान प्रयोगशाला स्थापना गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीलाई बिज्ञान विषयको शैद्धान्तिकसँगै ब्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यसहित प्रयोगशाला स्थापना गरिएको हो ।

बुधबार उपमहानगरपालिकाका उपप्रमुख आचार्यले प्रयोगशालाको उद्घाटन गर्दै सदुपयोग र नयाँ नयाँ खोजमा केन्द्रित हुन विद्यार्थीहरुलाई आग्रह गरिन । विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै ब्यवहारिक ज्ञान प्रदान गर्नको लागि नगरमा रहेका सामुदायिक विद्यालयमा बिज्ञान र कम्प्युटर ल्याब सञ्चालनमा ल्याईएको उपप्रमुख आचार्यको भनाइ छ । उपमहानगरमा रहेका ३८ वटै सामुदायिक विद्यालयमा नयाँ अवधारणाका साथ शैक्षिक विकासका कार्यक्रम सञ्चालन गरिएका छन् ।

मोतीपुर माविमा भएको कार्यक्रममा वडा नं.१७ का अध्यक्ष सन्तबहादुर रानाले विद्यालयको भौंतिक तथा शैक्षिक सुधारको लागि नगरपालिकाले सहयोग गर्दै आएको बताए ।

मोतिपुर माविका प्रधानध्यापक लक्ष्मण मरासिनीले विद्यालयमा अहिले ७ सय २५ विद्यार्थी रहेको जानकारी दिँदै नगरबाट प्राप्त ६ लाख ५० हजार बजेटबाट बिज्ञान प्रयोगशाला सञ्चालन गरिएको र आवश्यकता आधारमा विस्तार गर्दै जाने जानकारी दिए ।

कक्षा १२ सम्म अध्ययन हुँदै आएको विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरि प्रयोगशाला सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रसिंह थापाले बताए । विद्यालयमा अहिले पाँचवटा भवन र २७ वटा कक्षा कोठा रहेका छन् । पछिल्लो समयमा विद्यालयमा विद्यार्थीको चाप बृद्धि हुँदै गएको बताउँदै विद्यालयका प्रधानाध्यापक मरासिनीले अझैं ६ वटा कक्षाकोठाको अभाव भएकाले थप गर्न उपमहानगरलगायतका सरोकारवालामा आग्रह गरिएको बताए ।

भवानी माविको नयाँ भवन उद्घाटन

यस्तै बुटवल-१८ सौराहामा रहेको भवानी माध्यमिक विद्यालयको दुई कोठे भवनको उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गरेकी छिन । त्यसक्रममा उनले शिक्षाको गुणस्तर सुधारसँगै विद्यालयको भौंतिक सुधारको लागि नगरले जोड दिएको बताइन ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल नेपालले स्थानीय जनप्रतिनिध आएपछि विद्यालयको भौतिक संरचना निर्माण, शिक्षक तलब र शिक्षाको गुणस्तरमा सुधार आएकोे दाबी गर्दै सिंगो बुटवल, एक विद्यालय अवधारणा लागु भएकाले अब शैक्षिक र भौंतिक रूपमा पक्षि नपर्ने अपेक्षा लिएको बताइन ।


विद्यालयका प्रधानाध्यापक मञ्जु घिमिरेले सानो झुपडीबाट सुरू भएको विद्यालय अहिले आधुनिक भवन निर्माण गर्दै शिक्षा प्रदान गर्दै आएको जानकारी दिइन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत १८ लाख बजेटमा दुई कोठे भवन निर्माण गरिएको प्रधानाध्यापक घिमिरेले बताइन । उक्त कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक भरत अधिकारीले गरेका थिए ।

बुटवलमा मदरसासहित ३८ वटा सामुदायिक, समुदाय स्तरमा सञ्चालित पाँचवटा बालविकास केन्द्र सञ्चालनमा रहेका छन् । यस्तै बुटवलमा मात्रै संस्थागत विद्यालयको संख्या ५७ रहेको छ । यी सबै विद्यालयमा करीब ५८ हजार विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् ।

 

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : ४० बजे

सिमलताल घटनाको खोजीमा देखिएन प्रगति, संयुक्त टोलीबाट खोजी जारी

काठमाडौ+ . चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा

पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको खेलाडीको गुनासो

काठमाडौँ । पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको गुनासो गरेका छन्

मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको

Lumbini escapes being listed as heritage at risk

Kathmandu: The proposal to enlist Lumbini, the birthplace of Gautam

बाढीपहिरो लगायतका विपदमा परी आजसम्म एक सय ३४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका