११ कार्तिक २०८३, बुधबार | October 28, 2026

आईसीपीलाई रेलमार्गसम्म जोड्न माग



काठमाडौं । भारतको रेल-स्टेसन बथनाहा र विराटनगरको आईसीपीलाई रेलमार्गले जोड्न सरकारी पहल गरिदिन विराटनगरका उद्योगी-व्यवसायीले माग गरेका छन् ।

कोलकाता बन्दरगाहबाट छुटेको कार्गोरेल विराटनगर भन्सार यार्डसम्म ल्याउन सरकारी चासो आवश्यक रहेको भन्दै उद्योगी-व्यवसायीले यथाशीघ्र पहल बढाउन सरकारसँग माग गरेका हुन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले विराटनगरको आईसीपीसम्म रेलमार्ग आइपुगेको अवस्थामा भारतीय पक्षले यार्ड निर्माण अन्तिम चरणमा पु-याएको भन्दै अब कुटनीतिक पहल आवश्यक रहेको बताए । उद्योगी-व्यवसायीले निर्माणस्थलको अनुगमन गरेर निर्माण पक्षसँग बुधबार संवादसमेत गरेका छन् ।

अध्यक्ष रिजालले भारतीय रेल-वे विभागले भारतको बथनाहादेखि विराटनगरको आईसीपीसम्मको रेलमार्गको सफल परीक्षण गरिसकेकाले सशक्त कूटनीतिक पहल भएमा आईसीपीसम्म कार्गोरेल ल्याउन सकिने विश्वास व्यक्त गरे ।

रिजालले आईसीपीमा कन्टेनर लोडअनलोडका लागि नेपाल पक्षले केही खाली ठाउँमा माटो भर्ने कामबाहेक भारतीय पक्षले काम अन्तिम चरणमा पु-याएको बताए । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : ५६ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको