१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

विद्यालय खोल्ने बातावरण बनाउन माग गर्दै मुख्यमन्त्रीलाई प्याव्सन प्रदेश कमिटिको ध्यानाकर्षण



बुटवल । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल, लुम्बिनी प्रदेश कमिटीले कोरोनाको तेस्रो लहरको संक्रमण देखिन थालेपछि सरकारले शैक्षिक संस्थाहरु पूर्ण रुपले बन्द गरेकोप्रति ध्यानाकर्षण गराउदै त्यसले शैक्षिक गतिविधिका साथै विदार्थीहरुको पढाईमा पारेको असर र आगामी दिनमा त्यसले पार्ने प्रभावमा गम्भिर बन्न आग्रह गरेको छ ।

विहिवार प्याव्सन लुम्विनी प्रदेशकातर्फबाट मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी विद्यालय खोल्ने बातावरण तयार गर्न आग्रहसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । प्याव्सन, प्रदेश अध्यक्ष लालहरि पाण्डेको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री समक्ष प्रदेश सरकारको तर्फबाट विद्यालय खोल्न विशेष पहल कदमी अगाडी बढाउन आग्रह गर्दै लामो समयसम्म विद्यालयहरु बन्द भएको खण्डमा त्यसका नकारात्मक असर बालबालिकामा नराम्रोसंग पर्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।

पत्र बुझ्दै मुख्यमन्त्री कुल प्रसाद केसीले विद्यालय बन्द रहेको अवस्थाप्रति आफु गम्भिर रहेको बताउदै विद्यालय खोल्ने बारेमा आफुले पहल गर्ने आश्वासन दिए । उनले विद्यार्थीलाई दिने खोपलाई व्यवस्थित बनाउने र शैक्षिक क्षेत्र सुचारु गर्ने कुरामा आफुले सीसीएमसीको बैठक राखेर अध्ययन गर्न आग्रह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

ध्यानाकर्षणपत्रमा कोरोनाबाट सबै क्षेत्र प्रभावित भएका उल्लेख गर्दै विकासको प्रमुख आधार शिक्षा क्षेत्र नराम्रोसंग प्रभावित भएको र त्यसका कारण आर्थिक, सामाजिक र सांस्कृति विकासको गति पनि पछाडी धकेलिने अवस्था आएको जनाइएको छ । मुख्यमन्त्रीसंग कोरोनाको संक्रमण दर अधिक भएपनि त्यसको प्रभाव डरलाग्दो रुपमा नदेखिएको र मृत्युदर पनि न्यून रहेको अवस्थामा आमनागरिकलाई खोपको व्यवस्था गर्न तथा स्वाश्थ्य मापदण्डको पूर्ण पालना गराई विद्यालय सञ्चालन गर्ने बातावरण बनाउन जरुरी भएको भन्दै पहल गर्न अनुरोध गरिएको छ ।

सो अवसरमा प्याव्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले अन्य व्यवसाय र क्षेत्रहरु निर्वाध रुपमा खुलिरहेको अवस्थामा विद्यालयलाई कोरोनाको खानी र स्रोत नै होकि भन्ने गरि बन्द मात्र गर्दा त्यसको असर समाजमा धेरै पर्ने बताए ।

केन्द्रीय सल्लाहाकार कृष्ण खनालले कोरोनाको प्रभाव र क्षेत्रलाई एउटै डालोमा राखेर विद्यालय बन्द गर्ने निर्णय न्याय संगत नभएको भन्दै प्रभाव नभएका क्षेत्रका विद्यालय सञ्चालन गर्ने बातावरण बनाउन प्रदेश सरकारले पहल गर्नु पर्ने सुझाव दिए ।

अभिभावक संघका प्रदेश अध्यक्ष हेम थापाले अभिभावकहरुको भावना र आवश्यक्तालाई मध्यनगर गर्दै शैक्षिक क्षेत्र सञ्चालन गर्नु पर्ने बताउदै कोरोनाको नाममा समाजलाई हत्तोत्साहित गर्ने काम राज्यबाट गर्न नहुने धारणा राखे ।

टोलीमा प्याव्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, केन्द्रीय सदस्य हेमलाल शर्मा, केन्द्रीय सल्लाहाकार कृष्ण खनाल, अभिभावक संघ, लुम्बिनीका अध्यक्ष हेम थापा, प्याव्यस प्रदेश उपाध्यक्ष केशव सापकोटा, सहकोषाध्यक्ष महेश भूर्तेल, रुपन्ेही प्याव्सनका हरि ज्ञवाली, विद्यालय सञ्चालक रामराज पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ६ : ५० बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा