४ पुस २०८२, शुक्रबार | December 19, 2025

बेइजिङ ओलम्पिक आजबाट, नेपाली समयअनुसार साँझ ५:४५ मा भव्य उद्घाटन हुँदै



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनको राजधानी बेइजिङमा आजबाट २४औं शीतकालिन (विन्टर ओलम्पिक) सुरु हुँदै छ ।

नेपाली समयअनुसार साँझ पौने ६ बजे विश्व खेलकुदको महाकुम्भको औपचारिक उद्घाटन हुँदैछ । कोरोनाभाइरसको महामारीबीचमा उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने आज हुन लागेको हो । उद्घाटन सत्रमा भाग लिन विश्वका कैयौं मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्च कुटनीतिक अधिकारीहरु बेइजिङ पुगिसकेका छन् ।

९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अमेरिका र उसको धुरीमा रहेका केही देशले भने खेललाई राजनीतिकरण गर्दै उद्घाटन सत्रलाई कुटनीतिकरुपमा बहिष्कार गरेका छन् ।

हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । विन्टर ओलम्पिक २० फेब्रुअरी २० तारिखसम्म आयोजना हुनेछ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ०५ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ