१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

किसानलाई गोठालो भत्ता



सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा ब्राखा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो ।

५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई मासिक एक हजार ५०० गोठालो भत्ता पाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । ‘५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानको लगत संकलन भइरहेको छ,’ उनले भने, ‘लगत संकलन भएपछि ५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानले वार्षिक एकमुष्ट १८ हजार रुपैयाँ पाउने छन् ।’

भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता दिनका लागि चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको प्रवक्ता कठायतले जानकारी दिए ।
भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ताका लागि अहिले जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका गलत संकलन भइरहेको प्रवक्ता कठायतले बताए ।

गोठालो भत्ताका लागि जुम्लामा भेडाब्राखापालक किसानको लगत कार्य सम्पन्न भएको र जुम्लाका २६५ किसानले निवेदन दिएको त्यसमध्ये एक ५० किसानहरूले गोठालो भत्ता पाउने पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए ।

कालीकोटको पचालझरना गाउँपालिकाले दुई वर्षदेखि गोठालो भत्ता दिँदै

कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई गोठालो भत्ता दिएको छ । किसानहरूलाई पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले पशुपालक किसानलाई गोठालो भत्ता दिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ देखि पशुपालक गर्ने किसानलाई गोठालो भत्ता दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार नै गाउँपालिका भित्र व्यावसायिक भेडा तथा बाख्रापालन र अन्य पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिइएको हो ।

गाँउपालिकाभरिका व्यावसायिक रुपमा ५० भन्दा बढी भेडा बाख्रापालन गरिरहेका सबै कृषकहरूको तथ्याङक संकलन गरी आर्थिक वर्ष २०७६र०७७ देखि प्रोत्साहन भत्ता स्वरुप ५० वटादेखि १०० वटासम्म भेडा, बाख्रा पाल्ने कृषकलाई मासिक एक हजार र १०० वटादेखि माथि भेडाबाख्रा पाल्ने किसानलाई मासिक दुई हजारका दरले सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिएको गाउँपालिका पशु शाखा प्रमु वीरेन्द्रबहादुर बमले बताए ।गाउँपालिकाभरी ५० वटादेखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ जना किसान छन्र ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १ : ४१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले