२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एक वर्षमा २० किलो नुन पाउछन् मुगाली



मुगु । ‘सुनको सिरानी गरी नुनको खोजी गर्ने हिमाली जिल्ला मुगुका नागरिक एक वर्षमा २० किलोग्राम मात्र नुन पाउने गरेका छन् । जिल्लाको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदान पाउने नुनमा चित्त बुझाएका छन् ।

विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन उपभोग गर्न बाध्य स्थानीयलाई यस वर्ष भने सरकारले खत्याडमै नुन पठाएको छ । घरआँगनमै २० किलो नुन पाउँदा खुसी भएको खत्याड गाउँपालिका वडा नं १ का स्थानीय मानबहादुर बुढाले बताए ।

सरकारले एक परिवारलाई दिएको २० किलो नुन अपर्याप्त रहेको उनको गुनासो छ । ुघर आँगनमै नुन आउँदा खुसी भएका छौ, तैपनि यो नुन निकै कम हो । घरमा भेडाबाख्रा, भैंसीलगायत पशु चौपायालाई यसले पुग्दैन,ु उनले थपे । हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा नेपाल सरकारले विगतका वर्षहरुदेखि आयोडिनयुक्त नुन अनुदानमा वितरण गर्दै आइरहेको छ ।

विकट हिमाली जिल्ला मुगुमा रहेका छायाँनाथ रारा नगरपालिका र मुगमकामारोङ गाउँपाालिकामा रहेका स्थानीय नागरिकलाई साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीको डिपो कार्यालय गमगढी बजारबाट नियमित नुन वितरण गर्दे आईरहेको छ । सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा भने वार्षिक रुपमा कम्पनीबाट अनुदानको आयोडिन नुनको कोटा छुट्याएको हुन्छ । सोहीअनुसार चालू आव २०७८र०७९ मा खत्याड गाउँपालिकाको लागि स्वीकृत एक हजार क्विन्टल अनुदानको नुन ४२ सय घरधुरीलाई ९ रुपैयाँको दरले प्रतिघर २० किलो र अन्य कर्मचारीहरुलाई मिलाएर वितरण गरिएको छ ।

सोरु गाउँपालिकामा माघ महिनाको अन्तिमसम्म नुन वितरण गरिने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा मुगुका डिपो प्रमुख खगेन्द्र कार्कीले बताए ।
माथिल्लो मुगुमा भने स्थानीयले तिब्बतबाट ढिके नुन ल्याएर उपभोग गर्दै आएका छन् । सहजै आयोडिनयुक्त नुन नपाइने भएपछि ५ गाविसका स्थानीय तिब्बत जाने गरेका हुन् । साल्ट ट्रेडिङले भने गोदाम आइपुग्ने जोसुकैलाई आवश्यकताअनुसार नुन दिने गरिएको जनाएको छ ।

जिल्लामा वार्षिक नुनको स्वीकृत कोटा ५ हजार ८ सय क्विन्टल छ । सोरु र खत्याड भेगका १४ गाविसका लागि ठेकेदारले साँफेबगरबाट नुन ढुवानी गर्ने गरेका छन् । सदरमुकाममा भने नेपालगन्जबाट गाडीमार्फत ढुवानी हुने गरेको छ ।

सोरु र खत्याड भेगका लागि नुन अझै पर्याप्त छैन । सोरु र खत्याड भेगका लागि करिब १० हजार क्विन्टल नुन आवश्यक देखिएको छ । सोरु भेगका ७ गाविसका निम्ति पर्याप्त नुन नहुँदा स्थानीय दुई दिन हिँडेर सदरमुकाम आई भेडा र खच्चडमा बोकाएर नुन लैजाने गरेका छन् । सदरमुकाम गमगढी बजारमा पनि लामो समय सम्म पालो कुरेपछि मात्र नुन पाईने गरेको यहाँका स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : २२ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार