१ आश्विन २०८३, बिहिबार | September 17, 2026

स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटना, एक बालकको मृत्यु



काठमाडौं । प्युठानको धार्मिक स्थल स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बिहीबार दिउँसो प्युठान नगरपालिका–४ को टाकुरा सडकखण्डमा लु १ ज ३१७५ नम्बरको जीप दुर्घटनामा परेको हो।

भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको उक्त जीपमा पाँच बालबालिकासहित भारतीय तीर्थयात्री सवार रहेका थिए। दुर्घटनामा परेर एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ।

जीप चालक नेपाली नागरिक रहेको र उनी पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ३ : ५१ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको