काठमाडौं । भारतीय गायिका लता मङ्गेशकरको निधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत मङ्गेशकरको निधनमा श्रद्धाञ्जली दिएका हुन् ।
‘दर्जनौ लोकप्रिय नेपाली गीतमा आवाज दिनु भएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले दुखी भएको छु,’ प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’
मङ्गेशकरले दर्जनौं नेपाली गीतमा आवाज दिएको छिन् । उनको उपचारका क्रममा आज निधन भएको हो ।
दर्जनौ लोकप्रिय नेपाली गीतमा आवाज दिनु भएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले दुखी भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
— Sher Bahadur Deuba (@SherBDeuba) February 6, 2022


















प्रतिक्रिया